नेपाली सेनाले छोड्यो रेडियो नेपाल

0
Shares

विमल विष्ट, डोटी ।
रेडियो नेपाल प्रदेश प्रशासरण केन्द्र दिपायलमा शुरक्षा दिदै आएको नेपाली सेनाको एक टुकडीले रेडियो नेपाल छोडेको छ । विगत १७ बर्ष देखि रेडियोको शुरक्षार्थमा खटिदै आएको नेपाली सेनालाई एक कार्यक्रमको आयोजना गरी विदाइ गरीएको छ ।

विसं २०५८ साल देखि प्रदेश प्रशारण केन्द्रको शुरक्षा दिदै आएको सेना आजबाट आफनै व्यारेक फर्किएको छ । जिल्ला प्रशासन कार्यालय डोटीमा बसेको शुरक्षा समितिको बैठकले रेडियो नेपाल प्रदेश प्रशारण केन्द्र दिपायलमा शसस्त्र प्रहरी राख्ने निर्णय गरेपछि सेनाले रेडियो नेपाल छोडेको हो ।

नेपाली सेनाले रेडियो नेपालको शुरक्षार्थका लागि हाल शसस्त्र प्रहरीबललाई हस्तान्तरण गरेको छ । उक्त बिदाई कार्यक्रममा लामो समयदेखी शुरक्षार्थमा खटिएर सहयोग गर्नु हुने नेपाली सेनालाई रेडियो नेपाल सुदूरपश्चिम प्रादेशिक प्रसारण केन्द्र दिपायलका प्रमुख बिएल चौधरी धन्यवाद ज्ञापन गर्नु भएको थियो ।
उक्त कार्यक्रममा रेडियो नेपालको शुरक्षार्थ खटिएको रुद्रध्वज गणका गणपती रत्नकेशर खड्का,जिल्ला प्रशासन कार्यलय डोटीका प्रतिनिधि तेजबहादुर खड्का, दिपायल सिलगढी नगरपालिका वडानं ४ का वडाअध्यक्ष बिरेन्द्र शाह लगायतको उपस्थिति हरेको थियो ।