सम्झौता कार्यान्वयन गरी डा. केसीको जीवन रक्षा गर

0
Shares

नेपाल समाचारपत्र
काठमाडौं

सुशासन र भ्रष्टाचार नियन्त्रणका क्षेत्रमा निन्तर क्रियाशील नागरिक संस्था ट्रान्परेन्सी इन्टरनेश्नल नेपाललले अनशनरत डा.गोविन्द केसीको अनशनप्रति  ध्यानकर्षण गरेको छ ।

स्वास्थ्य सेवा र चिकित्सा शिक्षाका क्षेत्रमा विद्यमान विकृति र विसङगतीका विरुद्ध लामोसमयदेखि सत्याग्रहका माध्यमबाट अवनरत संघर्ष गर्दै आएका डा. गोविन्द केसी सरकासँग भएका सम्झौता अनुरुप माग पुरा नभएका कारण पुनः अनशन बसेका छन् ।

विगत १६ दिनदेखि अनशनरत डा. केसीका माग पुरा गरी उनको जीवन रक्षाका लागि टीआई नेपालले ध्यान आकृष्ट गरेको छ । सार्वजनिक हितका लागि स्वास्थ्य सेवा तथा चिकित्सा शिक्षालाई थप गुणस्तरीय बनाउनुपर्ने मागका सम्बन्धमा सत्याग्रही र संसदमा बहुमत प्राप्त प्रधानमन्धीका बीचमा भएको सम्झौता कार्यान्वयन नहुनु र सम्झौतालाई तत्कालीन परस्थितको उपज थियो भनी सम्झौताप्रति उपेक्षाभाव देखिने खालको अभिव्यक्ति स्यम प्रधानमन्त्रीबाट आउनु दुःखद भएको भन्दै संस्थाले विज्ञप्तीमा उल्लेख गरेको छ ।

यस्तै चिकित्सा शिक्षाको गुणस्तर कायम राख्न र लोकतान्त्रिक सरकारका प्रमुखले गरेका तथा भविष्यमा गरिने सम्झौताप्रति जनताको विश्वसनीयता कायम राखिरहन पनि डा.केसीसँग गरिएका सम्झौताहरु अविलम्ब कार्यन्वयन गरी उनको जीवन रक्षाको लागि संस्थाले सरकासँग माग गरेको छ ।