गाउँपालिकामा प्राबिधिक शिक्षा पहिलो प्राथमिकता: अध्यक्ष थापा

0
Shares

सीताराम चौधरी, कपिलवस्तु ।
बिजयनगर गाँउपालिका प्रमुख गोपाल थापाले आगामी बर्षबाट गाउँपालिकामा प्राबिधिक शिक्षाको शुरुवात हुने उद्घोष गर्नुभएको छ ।

दुधाधारी माविको अभिभावक भेलालाई सम्बोधन गर्दै थापाले शिक्षाको हिसाबले जिल्लामै पछाडि परेको क्षेत्र भएको बताउँदै अगामी शैक्षिक सत्रबाट प्राबिधिक शिक्षा संचालन गर्ने पहिलो लक्ष्य रहेको बताउनुभएको हो । अभिभावक भेलाले पूर्ण प्रसाद तेली अध्यक्ष रहेको शिक्षक अभिभावक संघ समेत गठन गरेको छ ।

शिक्षक अभिभावक संघको सदस्यहरुमा राम केतारे कलवार, हरिराम थारु, लालमन मौर्य, तुलसी न्यौपाने, सन्तमाया बोस, सीता थापा लगायत सर्वसम्मत चयन हुनुभएको छ ।

कार्यक्रममा विद्यालयका अध्यक्ष रामप्रघट कोरी, प्रधानाध्यापक हिरालाल चौधरी लगायतले नव गठित शिक्षक अभिभावक संघको काम, कर्तव्य र अधिकारमाथि चर्चा गर्दै कार्यसफलताको शुभकामना दिनुभएको थियो ।