३८ क्विन्टल सुन तस्करी प्रकरणः उच्च अदालतका मुख्य न्यायाधीश भुर्तेल पनि कारबाहीमा

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।
सुन तस्करीका आरोपितबारे विवादास्पद थुनछेक आदेशलाई लिएर न्याय परिषद्ले न्यायाधीश कुलरत्न भुर्तेललाई सचिवालयमा तान्ने निर्णय गरेको छ । उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश भुर्तेलसहित नागेन्द्रलाभ कर्ण, सारङ्गा सुवेदी, थीरबहादुर कार्की, उमेशकुमार सिंह र उमेशराज पौडेललाई पनि न्याय परिषद्को सचिवालयलाई तानिएको छ ।

३८ क्विन्टल सुन तस्करी प्रकरणमा पक्राउ परेकाहरुलाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । तर, जिल्लाको आदेश उल्टाउँदै उच्च अदालतले उनीहरु मध्ये अधिकांशलाई धरौटीमा छाडेको थियो ।

न्याय परिषद्ले यसबारे छानविन गर्न सर्वोच्चका न्यायाधीश ईश्वर खतिवडालाई तोकेको छ । यस्तै उच्च अदालत पाटनका न्यायाधीश विश्वमंगल आत्रेयबारे छानविन गर्न अर्का न्यायाधीश आनन्दमोहन भट्टराईलाई तोकिएको बताइएको छ ।

न्याय सम्पादन प्रक्रियामा बदनियत देखिएपछि आत्रेयलाई न्यायपरिषद सचिवलायमा तानिएको थियो ।