महिलाको नेतृत्वमा सहकारी सञ्चालनमा

0
Shares

पर्वत, (नेस) ।
पर्वतको सदरमुकाम कुस्माबजारकै सबैभन्दा ठुलो शेयर पुंजी भएको बचत तथा ऋण सहकारी संस्था सञ्चालनमा आएको छ ।

कुस्मा बजारका महिलाहरुले नेतृत्व गरेको दक्षिणा बचत तथा ऋण सहकारी संस्थाले सोमबार देखि कारोबार शुरु गरेको छ ।

संस्थाको शेयर पुंजी ६ करोड ७ लाख ५० हजार रहेको छ ।

सहकारीको अध्यक्ष निला श्रेष्ठले उद्घाटन गर्दै कारोबार शुरु गरेको छ । सहकारीमा कुस्माबजारका ब्यबसायी, बिभिन्न सामाजिक संस्थामा संलग्न महिलाहरु संस्थापक र कार्यसमितिमा समेत सबै महिला नै रहेका छन भने २ सय ४३ जना शेयर सदस्य रहेका छन ।