कञ्चनपुर उद्योग वाणिज्य संघको अध्यक्षमा मल्ल विजयी

0
Shares

मनोज भट्ट, महेन्द्रनगर ।
कञ्चनपुर उद्योग बाणिज्य संघको अध्यक्षमा जंग बहादुर मल्ल विजयी भएका छन् । सोमवार सम्पन्न मतगणना अनुसार मल्ल आफ्ना प्रतिस्पर्धी सञ्जिवचन्द्र भट्टलाई २७७ मतले उछिन्दै अध्यक्षमा विजयी भएका हुन् ।

जंग बहादुर मल्लले १६५८ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी सञ्जिवचन्द्र भट्टले १३८१ मत मात्र प्राप्त गरे । शनिवार सम्पन्न उद्योग बाणिज्य संघको १६ औँ कार्यकारणी समितिको निर्वाचनमा मल्ल र भट्ट दुई प्यानल खडा गरेर चुनावमा होमिएका थिए ।

मुख्य निर्वाचन अधिकृत पूर्ण बहादुर चन्दका अनुसार अध्यक्ष बाहेक अन्य सबै पदमा भट्ट प्यानलले बाजी मारेको छ । बरिष्ठ उपाध्यक्षमा भट्ट प्यानलबाट पिताम्बर जोशी विजयी भएका छन् । उनले १७३८ मत ल्याए भने उनका प्रतिस्पर्धी मल्ल प्यानलका माधव प्रशाद जोशीले १२५० मत प्राप्त गर्न सफल भए ।

यस्तै उद्योग र बाणिज्य तर्फको उपाध्यक्ष्यमा भट्ट प्यानलका क्रमशः हेमराज जोशी ५२७ र मदन राज पन्त ११६० मत प्राप्त गर्दै निकतम प्रतिस्पर्धी तेजसिँह कार्की र सुरेश गुरुङ्गलाई पराजित गरे ।

महासचिवमा पनि भट्ट प्यानलका बाशुदेव जोशीले नै बाजी मारे । उनले १५०९ मत प्राप्त गरी मल्ल प्यानलका खगेश्वर प्रशाद बोहरालाई पराजित गरे ।
यसैगरी सचिवमा गणेशराज चटौत १५०२ मत प्राप्त गरि विजयी भए । उनि भट्ट प्यानलका हुन । उनले रन्जना थापालाई पराजित गरे । कोषाध्यक्षमा पनि भट्ट प्यानलकै निर्मला भट्ट सापकोटा १५८२ प्राप्त गरि प्रतिस्पर्धी राहुल भट्टलाई पराजित गरिन ।

सदस्यमा क्रमशः यज्ञराज भट्ट १६८२ , विवेकराज जोशी (वसन्त) १५७१ , धिरज बहादुर चन्द १५५५, चेतराज जोशी १५४३,, कृष्णानन्द भट्ट १५२३, कृष्णदेव भट्ट १४६३, महेशराज जोश १३१९ मत प्राप्त गरि विजयी भए ।