हिन्दुराष्ट्र पुनस्र्थापना माग्दै राप्रपाको घरदैलो सुरु

0
Shares

‘कम्युनिष्टको एजेण्डामा नेपाली कांग्रेस’

हेटौंडा,(नेस) ।
राष्ट्रिय प्रजातन्त्र पार्टी अध्यक्ष कमल थापाले नेपालमा ९४ प्रतिशत हिन्दु बस्दै आएको भन्दै उनीहरुको धार्मिक विश्वासमा द्वन्द्व निम्त्याउन खोजे आक्रमण हुने चेतावनी दिनुभएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी मकवानपुरको आयोजनामा हिन्दुराष्ट्र पुनस्र्थापना जनजागरण अभियानअन्तर्गत् घरदैलो कार्यक्रमअघि पत्रकार सम्मेलनमा उहाँले हिन्दुराष्ट्र कायम गर्दै धार्मिक द्वन्द्व हुन नदिन सबै लाग्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

राप्रपा नेपालको देशव्यापी कार्यक्रम हिन्दुत्व जनजागरण अभियानअन्तर्गत् घरदैलो कार्यक्रम शुरु गर्न उहाँ गृहजिल्ला मकवानपुर आउनुभएको हो ।

कार्यक्रममा हाल कांग्रेसले कम्युनिष्टको एजेण्डा बोकेर हिँडेको आरोप लगाउँदै अध्यक्ष थापाले भन्नुभयो–कम्युनिष्टको एजेण्डा बोकेर कांग्रेसले उनीहरुकै विरोध गरिरहेको छ, यसको औचित्य छैन । कांग्रेसको खास एजेण्डा हिन्दुराष्ट्र र संवैधानिक राजसंस्था रहेको भन्दै उहाँले सबै एजेण्डा कम्युनिष्टको बोकेर उनीहरुकै विरोधको औचित्य नभएको दाबी गर्नुभयो ।

सम्पूर्ण नेपालीको घरमा पार्टीको एजेण्डा पु¥याउने उद्धेश्यले घरदैलो कार्यक्रम गरिएको अध्यक्ष थापाले बताउनुभयो । मुलुकमा व्याप्त भ्रष्टाचार, हत्या, हिंसा, बलात्कार, अपहरण, महंगी अन्त्यका लागि घरदैलो कार्यक्रम गर्न लागिएको उहाँले बताउनुभयो ।

‘जनतालाई विभिन्न प्रलोभन देखाएर धर्म परिवर्तन गराउने प्रचलन बढ्दै गएको छ । त्यसैले घरदैलो कार्यक्रम आवश्यक छ,’ अध्यक्ष थापाले भन्नुभयो । उहाँले धर्मनिरपेक्षको फोहर सफा गरेर राजनीतिक तवरबाट नै हिन्दुराष्ट्र पुनस्र्थापना गराउनुपर्ने भएकाले पार्टीले हिन्दुराष्ट्रलाई मुख्य एजेण्डा बनाएको स्पष्ट पार्नुभयो ।

उहाँले केही वर्षयता नेपालका हिन्दु, बौद्व तथा किराँतजस्ता सनातन धर्ममाथि योजनावद्ध र सांगठनिक आक्रमण भइरहेको आरोप लगाउनुभयो । थापाले लोभलालच देखाएर धर्मपरिवर्तन गराउने काम भइरहेको भन्दै यसले नेपालको पहिचान र राष्ट्रिय एकता कमजोर हुने खतरा रहेको औंल्याउनुभयो ।

धर्म परिवर्तन भइरहे नेपाल धार्मिक द्वन्द्वको चक्रब्युहमा पर्ने थापाको दाबी छ । सबै धर्मलाई समान महत्व दिएर नेपाललाई हिन्दुराष्ट्र बनाउनुपर्ने माग गर्दै उहाँले जनतामा जागरुकता उत्पन्न गर्ने उद्धेश्यले राप्रपाले देशभर घरदैलो कार्यक्रम गर्न लागेको बताउनुभएको थियो ।

उहाँले देशमा तीव्ररुपले भ्रष्टाचार र व्रह्मलुट बढ्दै गएको भन्दै भ्रष्टाचार काण्डमाथि छानबिन गरी दोषीलाई कारबाहीको माग गर्नुभयो । उहाँले शंकास्पद् व्यक्तिहरुको बैंक खाता रोक्का गर्नुपर्ने माग गर्नुभयो । थापाले निर्मला पन्तका अपराधी पत्ता लगाउन नसक्नुले सरकारको कार्यदक्षतामाथि प्रश्न उठेको भन्दै निर्मलाको हत्यामा सरकारमा सहभागीकै संलग्नता रहेको आरोप लगाउनुभयो ।

अध्यक्ष थापाले वाइडबडी बिमान खरिद भ्रष्टाचार प्रकरणमा सबै ठूला भनिएका पार्टीका नेताहरुको संलग्नता रहेको दाबी गर्नुभयो । अध्यक्ष थापाले नेपाली काँग्रेससँग राजतन्त्र तथा हिन्दुत्वको विषयमा एकता हुनसक्ने सम्भावना रहे पनि पार्टी एकता भन्ने कुरा हावादारी हल्ला भएको बताउनुभयो ।

पार्टीले फागुन ७ गतेबाट हिन्दुराष्ट्र पुनस्र्थापनालगायत अन्य नारासहित जनसंघर्ष गर्ने निर्णय गरेको थापाले जानकारी गराउनुभयो । थापाले फागुन १५ गतेदेखि ३० गतेसम्म मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा सञ्चालन गरिने बताृनुभयो । कार्यक्रमले जनतामा जागरुकता सिर्जना हुने बताउँदै त्यही आधारमा जनसंघर्ष सफल बनाउने विश्वास लिइएको थापाले बताउनुभयो ।

लामो समयदेखि ठूला कामका भ्रष्टाचार काण्ड चलिरहेको उदाहरण दिँदै उहाँले नेपाल वायुसेवा निगमको वाइडबडी हवाइजहाज खरिदमा चार अर्बभन्दा बढी भष्टाचार, एनसेलको कर छली काण्ड, ३८ किलो सुन तस्करी र गैरकानुनीरुपमा कालो धन विदेशमा राख्ने र फर्जी कम्पनी राखी कालो धनलाई सेतो बनाएर नेपाल फर्काउने प्रवृत्ति रहेको उहाँले दुःखेसो गर्नुभयो । डरलाग्दो धन्दा चलेको र यस्ता घटनाहरु तत्काल सरकारले छानबिन गरी अख्तियार दुरुपयोग आयोगले पनि दोषीमाथि कारबाही गरोस् भन्नेमा माग रहेको उहाँको भनाइ छ ।

कार्यक्रममा राप्रपा सहमहामन्त्री राजाराम बर्तौला र नेता दीपक सिंहलगायत नेता÷कार्यकर्ताको उपस्थिति थियो । राप्रपाले हेटौंडा–५, भैरवरोडस्थित पार्टी कार्यालयबाट ¥याली निकालेर हेटौंडा बजारका विभिन्न स्थान परिक्रमा गरेको थियो । बाजागाजा र भजन टोलीसहित राप्रपा अध्यक्ष थापाको नेतृत्वमा घरदैलो अघि बढेको थियो ।