सरकार मनपरी ढंगले अघि बढ्योः बरिष्ठ नेता पौडेल

0
Shares

नेपाल समाचारपत्र, पाल्पा ।
नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकार एकलौटी रुपमा मनपरी ढंगले कानुन नियमको पालना नगरी अघि वढिरहेको आरोप लगाउनु भएको छ ।

सोमवार नेपाली कांग्रेस पाल्पाले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा र्तमान सरकार प्रति लक्षित गर्दै बरिष्ठ नेता पौडेलले विपक्ष दलको नेताविना संबैधानिक आयोगमा व्यक्तिको नियुक्ति गलत भएको बताउन्् भयो उहाले आयोगलाई कम्यूनिष्टको भर्ति केन्द्र बनाएकोमा आपत्ति जनाउनु भयो ।

नेता पौडेलले जात धर्म र क्षेत्रको आधारले राजनिती गर्न नहुने र राज्यको नामाकरण गर्न नहुने बताउनु भयो । उहाले नेकपामा दुइ तिहाइको दम्भ रहेकाले मनपरि गरिरहेको वताउनु भयो ।

बरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी भित्रको गुट उप गुटको व्यबस्थापन नेतृत्व तहबाट हुनुपर्नेमा जोड दिनु भयो । उहाले भन्नुभयो –‘ हरेक पार्टी भित्र गुट उपगुट रहेका हुन्छन , ती गुट उपगुटको व्यबस्थापन जिम्मेवारी लिएका नेतृत्व बाट छलफल बाट व्यबस्थापन गर्न सकिन्छ ।

बरिष्ड नेता पौडेलले पार्टी भित्र कार्यकर्ताले नेतालाई दोष लगाउनु भन्दा कार्यकर्ताले नेतालाई खबरदारी गर्नुपर्ने परिपाटीको विकास गर्नुपर्ने बताउनु भयो ।
विभिन्न निर्वाचनहरुमा पार्टी भित्रको अन्र्तघात रोक्नका लागी नेतृत्वले कार्यकर्ताको सही मूल्याङ्कन गर्नुपर्ने नेता पौडेलले जोड दिनु भयो ।
कसैको मुख हेरेर, नातागोता हेरेर निर्वाचनमा टिकट वितरण नगरी कार्यकर्ताको क्षमता, योगदानको मुल्याङन गरी अवसर प्रदान गर्नुपर्ने बरिष्ट नेता पौडेलको भनाइ थियो ।

नेपाली काग्रेसका केन्दिय सदस्य चन्द्र भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीले जनतामा सपना वाडदै हिडिरहेको तर युवाहरु विदेश पलायन भइरहेको प्रसंग औल्याउदै युवाहरु विदेश जाने नभइ स्वदेशमा नै आफ्नो श्रम प्रयोग हुने वातावरण वनाउनु पर्नेमा जोड दिनुयभो ।