वडा सदस्यले दिए आफनो पारिश्रमिकको रकम बृद्ध आश्रमलाई

0
Shares

विमल विष्ट, डोटी ।
डोटीको दिपायल सिलगढी नगरपालिका वडान. ३ का वडा सदस्य कृष्णबहादुर सुनाले नगरपालिका बाट पाउँदै आएको पारिश्रमिक वाफतको रकम सिलगढीमा रहेको पुज्य धर्मान्तक बृद्ध आश्रम डोटीलाई दिनु हुने भएको छ ।

नगरपालिकाको बैठक भत्ता लगायत थप अन्य पाउने सबै सुबिधा उहाँले सो आश्रमलाई दिनु हुने भएको हो । जिल्ला सदरमुकाम सिलगढीमा आज सोमबार पत्रकार सम्मेलनको आयोजनागरी वडासदस्य सुनाले आफुले नगरपालिका बाट पाउदै आएको मासिक २ हजार ५०० रुपिया सो आश्रमलाई दिने घोषणा गर्नु भएको हो ।

‘आफूले गरेको आर्थिक सहयोग धेरै ठूलो नभए पनि असहाय भई बृद्धआश्रममा बसेकाहरुलाई सहयोग पुगोस भनेर सुरुवात गरेको छु, उहाँले भन्नुभयो,‘रक्सी र जुवाँमा पैसा उडाउनु भन्दा बृद्धआश्रममा दिए धर्म हुने छ ।’

गएको जेठ २ गते उक्त पुज्यधर्मान्तक बृद्धआश्रम डोटीको सिलगढीमा खोलिएको र हाल उक्त आश्रममा ४ जना बृद्धहरु रहेको सो आश्रम सन्चालक समितिका उपाध्यक्ष गणेश बमले जानकारी दिनुभयो ।

उक्त आश्रममा पुर्विचौकी २ बगलेक का ७३ वर्षिय रघु साँउद दिपायल सिलगढी नगरपालिका ६ का ६५ बर्षिय भरत श्रेष्ठ, शिखर नगरपालिकाका ८५ वर्षिय किरुवा भुल तथा सायल गाउँपालिक २ का अपाङ्ग अमरबहादुर सिंहले आश्रय लिईरहेका छन् ।