बुटवलमा खुल्यो ५ करोड लगानीमा रोडिज अटो मार्ट

0
Shares

यमलाल भुसाल, बुटवल ।
विभिन्न ब्राण्डका साना गाडीहरुको र्ममत सम्भार साथै डाएग्नोस्टिक तथा स्क्यानिङ, पेन्टिङ तथा सम्पूर्ण कार्य गर्नेगरी बुटवलमा रोडिज अटो मार्ट स्थापना भएको छ ।

उक्त मार्टको सोमवार एक कार्यक्रमका बीच बाल ब्रहमचारी ईश्वरीय विश्व विद्यालय नेपालका सह निर्देशक, बाल ब्रहमचारिणी वरिष्ठ राजयोगिनी कमला दिदीले उद्घाटन गर्नु भएको हो ।

उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथी कमला दिदीले मार्टको सफलताको कामना गर्दै सवारी साधनको प्रयोगकर्ताहरुका लागि यस अटो मार्टका सुविधाले अन्यत्र धाउने समस्या समाधान हुनेमा आफू विश्वस्त रहेको बताउनुभयो ।

करिब ५करोडकोे लगानीमा स्थापित मार्टले हप्ताको सातै दिन सेवा उपलब्ध गराउने तथा नेपालको कुनै स्थानमा पनि गाडी बिग्रएमा सो स्थानमै पुगेर गाडीको ल्याई मर्मत गरि उपभोक्तालाई सुविधा उपलब्ध गराईने मार्टका संचालक तथा प्रबन्ध निर्देशक सुदिप विक्रम कार्कीले जानकारी दिनुभयो ।

अटो मार्टका संचालक विजय कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बाल ब्रहमचार्य राजयोगि नारायण भाईजी, एनसिसी बैंक ५ न प्रदेशका प्रमुख मेघनाथ पाण्डे, प्रिमियर ईन्सुरेन्सका मयानेजर विक्रम अधिकारी, पत्रकार यमलाल भुसाल, समाजसेवी तिलकराम पौडेल लगायतले पश्चिम नेपालमा अत्याधुनिक प्रविधीद्धारा साना सवारी साधनको एकै स्थानमा मर्मत ,संभार, डेन्टिङ पेन्टिङ गर्न पाउनुले उपभोक्तालाई सजिलो हुने धारणा राख्नु भएको थियो ।