लुम्बिनीमा लगानी गर्न अन्तर्राष्ट्रिय क्षेत्रका उद्योगीहरुलाई आग्रह

0
Shares

यमलाल भुसाल, बुटवल ।
बुद्धजन्मस्थल लुम्विनीमा लगानी गर्न बुटवल उद्योग वाणिज्य संघले अन्र्तराष्ट्रिय क्षेत्रका उद्योगीहरुलाई आग्रह गरेको छ ।

भारतको गुजरातमा चलेको गुजरात ग्लोवल समिटका अवसरमा आयोजित गोष्ठिमा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खिम बहादुर हमालले बुद्धजन्मस्थल लुम्विनीको अवलोकन गर्न र उद्योग क्षेत्रमा लगानी गर्न उद्योग वाणिज्य संघहरु र बरिष्ठ उद्योगपतिहरुलाई आग्रह गर्नु भएको हो ।

कार्यक्रममा एक सय बढी उद्योग वाणिज्य संघ र बरिष्ठ उद्योगपतिहरु सहभागिता रहेको थियो ।

आईतवार भएको लगानी तथा व्यापार सम्वन्धि गोष्ठिमा अध्यक्ष हमालले नयाँ संबिधान पश्चात भएका निर्वाचनबाट स्थायी सरकार गठन भएपछी नेपाल दीगो बिकास तर्फ अघि बढन खोजीरहेको उल्लेख गर्दै नेपालमा लगानी गर्न अन्तराष्ट्रिय लगानीकर्ताहरुलाई ठुलो अवसर भएको बताउनु भयो ।

उहाँले प्रदेश सरकारले आगामी बर्षलाई लुम्विनी भ्रमण बर्ष र नेपाल सरकारले नेपाल भ्रमण बर्षको घोषणा गरेकाले सो अवसरमा नेपाल आउन अन्र्तराष्ट्रिय क्षेत्रका उद्योगीहरुलाई आग्रह गर्नुभयो ।

त्यस्तै संघका कार्यकारी सचिव सञ्जय ज्ञवालीले नेपाल भारत बिश्व कै नमुना देश भएको र दुई देशबीच उद्योग तथा व्यापारको प्रयाप्त सम्भावना रहेको बताउनु भयो । उहाँले अहिले नेपालबाट भारत तर्फ न्युन बस्तु निर्यात भएकाले त्यो बढाएर व्यापार सन्तुलन कायम गर्न भारतका उद्योगीहरुले नेपालका उद्योगमा लगानी बढाउन आवश्यक भएको बताउनु भयो । उहाँले बिश्वका लगानी कर्ताले पर्यटन र कृषि क्षेत्रमा लगानी गरेर नेपालको बिकासमा ठुलो सहयोग पुर्याउन सक्ने बताउनु भयो ।

कार्यक्रममा संघका अध्यक्ष हमाल सहित पुर्वअध्यक्ष जीवन प्रसाद वझा, अर्जुनमान सैजू,नवराज श्रेष्ठ, सुरेन्द्र प्रसाद श्रेष्ठ, निवर्तमान अध्यक्ष महेशमान सिंहले गुजरात उद्योग वाणिज्य संघका अध्यक्ष डा. जयमिन भाषा सहित संघका पुर्व अध्यक्षहरुलाई नेपाली ढाका टोपी सहित बुद्धमुर्तिले सम्मान गर्नु भएको थियो । त्यस्तै गुजरात उद्योग वाणिज्य संघले पनि बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष सहित सहभागिहरुलाई सम्मान गरेको थियो ।
भारतीय प्रधानमन्त्रि नरेन्द्र मोदीले उदघाटन गर्नु भएको थियो ।

समिटमा बुटवल उद्योग वाणिज्य संघ, नेपाल उद्योग वाणिज्य महासंघ सहित २६ देशका उद्योग वाणिज्य संघले कार्यपत्र तथा आफनो देशको उद्योग व्यापारको अवस्थाका बारेमा जानकारी गराएका थिए ।