तुलसीको बलात्कारीलाई कारवाहीको माग गर्दै प्रहरी कार्यालयमै धर्ना

0
Shares

मनोज भट्ट, महेन्द्रनगर ।
बलात्कारको पछि मृत्यु भएकी कञ्चनपुरको माहाकाली नगरपालिका –१ मिलन चोककी १५ वर्षीय तुलसी धामीको हत्यारालाई पक्राउ गरि कारबाहीको माग राख्दै शनिवार स्थानीय र पिडित परिवारले ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीमा धर्ना बसेका छन् । केहि दिनदेखि तुलसीलाई गुड्डु नामले चिचिने दयाल सिंह क्षेत्रीले बलात्कारको प्रयास गर्दै आएको कुरा मृतक तुलसीकी आमा जुना धामीले बताइन् ।

तुलसीको घर नजिकै बस्ने ५२ बर्षीय गुड्डुले बलत्कारको प्रयास गर्दै गर्ने गरेको स्थानीयको समेत आरोप रहेको छ । गत बिहिवार करिब ४ बजे घरमा कोही नभएको बेला छिमेकी गुड्डुले तुलसी माथि जबरजस्ती करणी गर्दा तुलसीले रोईकराई गरेपछि गुड्डुले छोडेर भागेको समेत मृतककी आमा जुनाको दाबी छ । मृतक तुलसी धामी माहाकाली आदर्श माध्यमिक बिद्यालयका कक्षा ८ का छात्रा हुन् ।

आफु माथी गुड्डु भनिने दयाल सिंह क्षेत्रीले कुकर्म गरेको भन्दै तुलसीले बिष सेवन गरेको मृतक परिवारले दिएको जाहेरीमा उल्लेख गरिएको छ । तुलसीले बिष सेवन पछि बान्ता गर्न थालेपछि गुड्डुले भारतको अस्पतालमा उपचार्थ पुर्याएका थिए । उपचारकै क्रममा अस्पतालले मृत घोषणा पछि विहीवार राती तुलसीको शव दोधारा चाँदनी ल्याएकोे थियो ।

शुक्रवार तुलसीको प्राथमिक स्वास्थ्य केन्द्र दोधारामा पोष्टमार्टम पछि परिवारले शव बुझ्न मानेका थिएनन् । मृतक तुलसीको परिवाजनले सुक्रवार ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीमा किटानी जाहेरी समेत दिएका हुन् । प्रहरीले दोषीलाई पक्राउ गर्न ढिलाई गरेको भन्दै ईलाका प्रहरी कार्यालयमा केहि स्थानीय सहित मृतकका आमा बुवाले धर्ना दिएका छन् ।

मृतक तुलसीको उपचारकै क्रममा भारतको खटिमा बाट गुड्डु फरार रहेको मृतक परिवारले जनाएका छन् । परिवारले तुलसीको शव अझै बुझेका छैनन् । परिवारले शव बुझ्न नमानेपछि तुलसीको शव प्राथमिक स्वास्थ्य केन्द्र दोधारा चाँदनीमा राखिएको छ ।

मृतक तुलसीका आमा जुनाले दोषी लाई तत्काल पक्राउ गरि कार्वाही गरे मात्र शव आफुले बुझ्ने बताए । ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका इन्सपेक्टर चेतराज पनेरुले प्रहरीले आफ्नो काम गर्दै आएको बताए । आरोपी गुड्डु भने आफुले तुलसीलाई बलात्कारको प्रयास र हत्या हुने काम नगरेको बताउछन् ।