अनशनरत डां केसीलाई बर्खास्त गर्न माग गर्दै प्रदर्शन

0
Shares

काठमाडौँ ।
स्वतन्त्र सचेत युवा विद्यार्थीले अनशनरत विजय थापाको पक्षमा प्रदर्शन गरेका छन् । उनीहरुले दिउँसो शिक्षण अस्पताल महाराजगञ्ज अगाडि थापाको पक्षमा प्रदर्शन गरेका हुन् । उनीहरुले थापालाई उपचारमा सहयोग नगरेको, सरकारी तलब भत्ता, सेवा सुविधा लिएर सरकारविरुद्ध बारम्बार अनशन बस्ने डा. गोविन्द केसीलाई बर्खास्त गर्न माग गर्दै प्रदर्शन गरेका छन्।

डा केसीका विरुद्धमा अनशन बसेका थापाको स्वास्थ्यमा समस्या आएपछि काठमाडौँ ल्याइएको हो । अहिले डा. केसीसँगै थापाको पनि उपचार शिक्षण अस्पताल महाराजगञ्जमा भइरहेको छ ।

डा. केसीले चिकित्सा शिक्षा सुधारको माग राखी इलाममा १६औँ पटक अनशन बसेपछि थापा पनि उनको विरुद्ध अनशन बसेका थिए ।