फरार अभियुक्त दश वर्षपछि पक्राउ

0
Shares

धनवीर दाहाल, रुकुम ।

कर्तव्य ज्यान मुद्धा लागी फरार रहेका रुकुम पश्चिमका एक व्यक्ति दश वर्षपछि पक्राउ परेका छन् । बाँफिकोट गाउँपालिका–७ मग्माका ४७ वर्षिय डम्बर खत्रीलाई प्रहरीले पक्राउ गरेको हो । खत्रीलाई आइतबार बिहान निजकै घरबाट पक्राउ गरिएको प्रहरी निरिक्षक प्रमोद कुमार क्षेत्रीले बताउनुभयो ।

खत्रीले २०६५ जेठमा गाउँकै ४३ वर्षिया घिउकुमारी परियार संग अवैध सम्पर्क राखेर नवजात शिशुको हत्या गरेका थिए ।

शिशु हत्यापछि जिल्ला अदालत रुकुमले खत्री र परियारलाई २०६६ असोज २३ गते कर्तव्य ज्यान मुद्धाको शिर्षकमा २० वर्षको कैद सजाय तोकेको थियो । तर खत्री भने त्यस समय देखी फरार रहेका थिए ।

पक्राउ परेका खत्रीलाई पुनः जिल्ला अदालतमा हाँजिर गराई कारागार चलान गरिने प्रहरीले बताएको छ । खत्री फरार रहेपनि घिउकुमारी भने दशवर्ष देखी नै कारागारमा रहेकी छन् ।