पर्यटकलाई आकर्षित गर्न के चाहिन्छ ?



  जीवन लामा
सामुदायिक रेडियोको चौथो अमार्क एसिया प्यासिफिक क्षेत्रीय सम्मेलनमा सहभागी हुन इन्डोनेसियाको जोगजागर्ता पुगेको थिएँ। ४ दिने सम्मेलन सकिएपछि भ्रमणका लागि बालीको बसाइ भयो ४ दिन नै। समुद्रको बीचमा रहेको यस शहर पर्यटकले खचाखच भरिएको छ। यहाँ विश्वका लाखौं पर्यटकहरू मनोरञ्जन र आरामका लागि आउने रहेछन्।

हेर्दा समुद्र मात्र। प्रकृतिको वरदान पनि समुद्र मात्रै। चारैतिरबाट समुद्रले घेरिएको। यदि ठूलै प्रकोप आइपरेमा हवाईजहाजबाहेक अरू विकल्प छैन। न हिमाल, न पहाड, न खोलानाला, न झरना, न वनजंगल, नयाँ ठूला ठूला मैदान, न भीरपाखा नैरु मात्र समुद्र। समुद्रबाट नै लाखौंको जीविकोपार्जन चलेको छ। पहिलो र बलियो आर्थिक स्रोत बनेको छ। हिजोको दिनमा डुंगाभरि पैसा बोकेर जाने र फर्किंदा झोलामा सामान बोक्ने जनतालाई अहिले पैसा थाप्ने फुर्सद छैन। आफ्नो देशको मात्र होइन विदेशीहरूबाट समेत पैसा संकलन केन्द्र बनेको रहेछ बाली।

बालीमा ४ दिने घुम्ने तालिकाअनुसार पहिलो दिन बिचमा घुम्ने तालिका थियो। हेर्दा सामान्य लाग्यो। समुद्र त हो। मेरो देशमा त्यस्ता समुद्र कत्ति छन् कत्ति। तर, जब के रहेछ भने गेटबाट टिकट लिएर भित्र छिर्ने। भित्रबाट बाहिर निस्कँदासम्म पैसा नै पैसा बुझाउनु पर्दा अचम्म लाग्यो। जबरजस्ती होइन। हाँसीखुसी ढुक्कासाथ पैसा दिएँ। किनभने टिकटको पनि पैसा, चिया कफी पिउँदा पनि पैसा, डुंगा चढ्दा पनि पैसा, विभिन्न खेल खेल्दा पनि पैसा, नाच हेर्दा पैसा, हुँदाहुँदै बाहिर निस्कँदा पनि आफ्नो फोटो तयार भएर बस्दो रहेछ, त्यसका लागि पनि पैसा।

यहाँ घुमेपछि पर्यटकलाई हिमाल मात्र मन पर्छजस्तो लागेन र लाग्दैन पनि। खोलानाला मात्रै मन पर्छ जस्तो पनि लाग्न छाड्यो। प्रशस्तै घुम्ने, रम्ने र आनन्द लिने ठाउँ धेरै चाहिन्छ जस्तो लाग्छ। नाच्न गाउन र खानलाई कन्जुस्याइँ गर्नुहुँदैन जस्तो लाग्न थाल्यो। मलाई शुरूमा केके न होला जस्तो लागेको थियो बाली। धेरै पटक सुनेको पनि हो बालीका बारेमा। तर, सोचेको भन्दा सयौं गुण बढी राम्रो लाग्यो। यहाँ के छ होइन, के छैन जस्तो लाग्यो। पर्यटकलाई चाहिने सबै सबै। यहाँको बाली सप्रेको जस्तो लाग्यो। दिउँसै उतानो परेनि हुने, घोप्टो परेनि हुने। बढो अचम्मको ठाउँ लाग्यो। त्यसैले पर्यटकहरू लाखौं रुपिाँ खर्चेर जाँदा रहेछन्। ४ दिनको बसाइ ४ घण्टा जस्तो पनि लागेन। बिहान उठेदेखि राति नसुतुन्जेलसम्म घुमेको घुम्यै।

घुम्ने ठाउँ राम्रो त चाहिन्छ नै। राम्रो ठाउँ मात्र होइन। पर्यटकका लागि गास, बास र सहवास पनि चाहिन्छ जस्तो लाग्न थाल्यो। तरुनीका लागि जत्ति पनि खर्च गर्ने पर्यटकहरू भेटें। जब साँझपख बजार घुम्न निस्कें जोकोही पनि सोध्ने गर्थे पुमपुम। नयाँ नयाँमा त मलाई नयाँ लाग्यो यो शब्द। बुझ्दै जाँदा त पुरानो लाग्न थाल्यो यी शब्दहरू। अनि व्यवहार पनि। मनमनै लाग्यो यहाँ पनि होला महिला अधिकारकर्मी। यिनीहरूको पनि होला आमाबुबा। दाइभाइ, आफन्तजन। तर, सबै मौन किनरु यहाँ यसरी नै चल्दो रहेछ संस्कार। यस्तै रहेछ थिति। यसैमा रहेछ संसार जस्तो लाग्यो। यत्तिबेला आफ्नो देशको कानुन, नियम र सामाजिक संस्था सम्झेर नहुने रहेछ जस्तो पनि लाग्यो।

रातको १२ बजेको होला। धेरै साथीहरू रमाइलो गर्ने तरखरमा देखिन्थे। यही हो बेला रमाइलो गर्ने। यहाँका महिलाहरूको उमेर धेरै होला जस्तो लाग्ने तर बाहिरी जिउडाल हेर्दा १६, १७ नकटेको जस्तो देखिन्थे। साथीहरूले माग गरेछन् क्यारे। एक गाडी अनलोड भयो। रोजीछाडी हेर्न, रमाइलो गर्न पाइने। मान्छेअनुसारको रेट पनि फरक फरक। मनमनै लाग्यो कस्तो जमाना। दशैंमा खसी बोकाको पनि रेट हुन्थ्यो होला। कहाँ कत्तिमा बेचिँदै छ भन्ने पनि जानकारी हुँदो हो तर यहाँ त खै के खै के। लेख्ने शब्दै भेटिनँ। दलालहरूले नै सबै हिसाब किताब मिलाइसकेका हुँदो रहेछन्। मन परे तापनि, नपरे तापनि जबरजस्ती लाग्नुपर्ने। मैले अलिकति यस्तोको लागि पनि पर्यटकहरूको भीड हुँदोरहेछ भनेर विषय उठान मात्र गर्न खोजेको। यस्तै हुनुपर्छ। यो ठीक छ बेठीक छ भनेर केही राय छैन।

यहाँको अवस्था बुझेपछि मलाई लागेको ९० प्रतिशत पर्यटकलाई त मनोरञ्जन नै चाहिन्छ। नत्र किन त्यहाँ मात्र त्यत्ति धेरै पर्यटकहरू। लाखौं रुपियाँ किन खर्च गर्छन्। पर्यटकलाई सन्तुष्टि, आनन्द, मनोरञ्जन नभईकन त पक्कै खर्च गर्दैनन् होला, महिनौं दिनसम्म बस्दैनन् होला।

बालीमा जताततै मन्दिर नै मन्दिर। कोही भोका, नांगा नहोस् भनी देवतालाई पनि लुगा लगाइदिएको। प्रत्येक घरको गेटमा मन्दिर अनि पूजा गर्ने आफ्नै शैली। यहाँ हिन्दू धर्मलम्बीको बाहुल्यता रहेको जानकारी भयो। बालीको मुख्य स्रोत नै अन्न र फलफूल तरकारी रहेछ। भन्नुको मतलव कृषि। पर्यटन पनि होला त अधिकांश मान्छे कृषिमै निर्भर छन् रे।

४ दिनको बालीको घुमाइपछि थाइल्यान्डको पट्टया र बैंङ्कक घुमें। ठाउँअनुसारको खानाको फरकफरक स्वाद लिए। बालीमा त्यहीको स्थानीय स्वाद लिए। थाइल्यान्डमा इन्डियन स्वाद खानाको स्वाद लिए। नयाँ ठाउँमा नयाँ नै अनुभव लिए तर संसारमा यस्तो पनि ठाउँ रहेछ है भन्ने खानेकुराको पनि जानकारी भयो। थाइल्यान्डमा भने गुम्बानै गुम्बा। ५ हजार ५ सय किलोको बुद्धको आराम गरिरहेको मूर्ति। विद्यार्थीहरूलाई प्रत्येक गुम्बा बुद्ध धर्मबारे जानकारी दिन भ्रमण राख्दो रहेछ। जहाँ देवी देउताप्रति विश्वास, आस्था राख्छन् तिनै देशको विकास अनगिन्ती भएको महसुुस भयो। हुन त थाइल्यान्डलाई सेक्स टुरिज्मको रूपमा हेरिन्छ। यहाँको मुख्य आर्थिक स्रोत नै सेक्स टुरिज्म हो रे।

पट्टया भन्ने ठाउँमा साँझपखदेखि गाडी नै बन्द गरेर वाल्किङ स्ट्रिट चल्दो रहेछ। मलाई लाग्यो कि मेरो गाउँमा पहिला पहिला जात्रा लाग्दा यस्तै हुन्थे रमिते। जता गए पनि उस्तै। रात कटाउन कतै अल्छी नलाग्ने। आफ्नो खेतबारीमा फलेका फलफूल र खानेकुरा लिएर जाने अनि ग्राहकको मागअनुसार बेच्ने गरिन्थ्यो मेरो गाउँको जात्रा, मेलामा। यहाँ पनि त्यस्तै लाग्यो तर मान्छेको। कोही राम्रा ग्राहकको पर्खाइमा देखिन्थे। कोही रंगीन पोस्टर, पम्पप्लेट बोकेर ग्राहक खोजिरहेको। कतै ग्राहकलाई बोलाई बोलाई मोलमोलाइ गर्ने। कताकता मनमनै लाग्यो दुनियाँ बदलिसकेछ। युगले नयाँ फड्को मारेछ जस्तो लाग्यो। विश्वका लाखौं पर्यटकका लागि गन्तव्य यही वाल्किङ स्ट्रिट रहेछ। यो स्ट्रिट रातभरि चल्दो रहेछ।

नेपाल छाडेको १४÷१५ दिनसम्म न कतै थुकें, न कतै बाहिर पिसाब गरें। जाकार्ताबाट जोगजागर्तासम्मको १२ घण्टाको बसको यात्रामा समेत बाहिर पिसाब फेरिनँ। कोही कसैले थुकेन। जुत्ता एक दिन पनि पुछ्नुपरेन। सडकको कुरा गर्ने हो भने पनि १२ घण्टाको यात्रामा एउटा पनि खाल्डो भेटिएन। कहींकतै चिया कफी खाएर गफिएर बसेको देखिएन। कतै पनि धुँवाधुलो देखिएन, कतै हर्न बजेन। न ट्राफिक पुलिस नै देखें। न कतै जाँचबुझ नै। २ देशको बसाइ, यात्रामा कहींकतै पुलिसको अनुहार नै देखिएन। गाडी स्टाफहरूको व्यवहार साह्रै राम्रो लाग्यो। ठाउँठाउँमा गन्तव्यका बारेमा जानकारी। पानी, खाजाको गाडीभित्र नै व्यवस्था। थाइल्यान्डको पर्यटन नै मुख्य आयस्रोत हो। यहाँ चीन, भारत र वर्माबाट अधिकांश मान्छेहरू व्यापार व्यवसायका लागि गएको देखें।

अलिअलि रसियनहरू पनि। पर्यटकहरूबाट चाहे होटलमा होस्, चाहे गाडीमा ग्राहकलाई खुसी, सन्तुष्टि दिएरै पैसा कमाउँदो रहेछन् जस्तो लाग्यो। ओठमा हाँसो नभएको मान्छे नै भेटिएन। यात्राको क्रममा मनमनै लाग्यो हाम्रोमा न सडक, न मनोरञ्जन, न राम्रा राम्रा होटल लज, न घुम्न कहींकतै प्रशस्तै समय बिताउने ठाउँ नै। त्यसैले अब हिमाल, नदी, वनजंगल, मठमन्दिरको नाम लिएर, बोलेर मात्र पर्यटक आउँछन् जस्तो लागेन। पर्यटकलाई चाहिने एउटा टिसर्ट, क्यापसमेत पर्यटकीयस्थलको बारेमा लेखिएको भेटिँदैन मेरो देशमा। के लाने उपहाररु कहाँ पाइन्छरु स्थानीय समुदाय झल्किने खै लोकसंस्कृतिरु कहाँ जाने, कति दिन लाग्छ, के खान पाइन्छ, के हेर्न पाइन्छ। तसर्थ अझै पनि भाषणमा मात्र सीमित रहेको पर्यटनको काम छैन। कुरा सुन्न र हेर्न त रेडियो, टिभी हेरे पुगिहाल्यो। वर्षमा एक दिन पर्यटन दिवस, अनि कागजमा मात्र गुरुयोजना बनाएर कहिले हुन्छ पर्यटन प्रवद्र्धनरु विज्ञापन गरेर मात्र पनि पर्यटन प्रवद्र्धन अनि पर्यटन विकास हुँदैन।

यसतर्फ सरोकार निकाय सबै लाग्न आवश्यक देखें। देशको मुख्य लक्ष्य नै पर्यटन विकास। पर्यटन प्रवद्र्धन हुन आवश्यक छ। तसर्थ सबै निकाय, संघसंस्था र व्यक्ति गम्भीर ढंगले लाग्न सकेमा २०२० मा २० लाख होइन ५० लाख पर्यटक भिœयाउन सकिन्छ। नेपालको २÷४ वटा ठाउँ मात्र पर्यटकीय क्षेत्र होइन, ७७ वटै जिल्ला पर्यटकका लागि उपयुक्त छ। प्रत्येक जिल्लामा फरक फरक विशेषता बोकेको संस्कार, संस्कृति, प्राकृतिक सुन्दरता छ। मात्र यसको संरक्षण र संवद्र्धन गर्न सकेमा पर्यटकको ओइरो लाग्छ। देशको आर्थिक स्रोत ≈वात्तै माथि बढ्छ, केही वर्षपछि पर्यटक थाम्न सकिँदैन। पर्यटकका लागि सस्तो र बढी मनोरञ्जन लिन सक्ने देश बनाउन आवश्यक छ। त्यसका लागि होटल व्यवसायी र पर्यटन व्यवसायीको भूमिका रहन्छ। सरकारले पनि यसलाई महŒवका साथ हेर्न आवश्यक छ। पर्यटकलाई बढीभन्दा बढी बसाइ लम्ब्याउन प्रशस्तै टुर प्याकेजको व्यवस्था गर्नुपर्छ। अनि मात्र बाहिर देखेका घुमेका र सिकेका कुराहरूको महŒव हुन्छ।

प्रतिक्रिया दिनुहोस्