एजेन्सी । एउटा ठुलो भवनको छतबाट पैसा उडाउँदै गरेको अवस्थामा आइतबार हङकङ्गका एक व्यक्ति पक्राउ परेका छन् । च्यानल न्युज एसियाका अनुसार चीन मुलका २४ वर्षीय वुङ्ग चिङ्ग किट आइतवार साझ लामवोर्गिनीे स्पोर्टस कार कुदाउदै छिमेकी देश हङकङ्गको शाम शुइ पो पुगेका थिए ।
रिपोर्टका अनुसार वुङ्ग एक करोडपति हुन् । उनको यस्तो सौभाग्य क्रिप्टोकरेन्सि विटकोइन पैसा छाप्ने डिजिटल मेशिनको कारोवारबाट बन्न सफल भएको हो । पैसाको वर्षात पछि भाइरल बनेको भिडियोमा उनी अग्लो भवनको छतमा उभिएर ठुलो मात्रामा नगद उडाउदै गरेको देखिन्छ । जसको तल पैदल यात्रिको भिड लागेको छ । त्यहाँ जम्मा भएका दर्जनौ मानिसले उडाएको क्यास टिप्दै गरेको सो भिडियोमनर्फत देख्न पाइन्छ ।
डेलिमेलका अनुसार पक्राउ पर्नुअघि वुङ्गले फेसवुकमा प्रत्यक्ष प्रसारण दिँदै थिए । सोहि दौरान उनले करिब २ लाख हङकङ्गयिन डलरको वर्सात् गराइसकेका थिए । उनले सामाजिक सञ्जालमा तस्विर शेयर गर्दै धनिहरुलाइ लुटेर क्यास फाल्दै गरिवहरुको सहयोग गर्ने बताएका छन् ।
यद्यपि उङ्ग करोडपति नै भएपनि यसरि असामान्य रुपमा क्यास उडाएर गरिवहरुको सहयोग गर्छु भनेर विश्वास दिन खोज्नुको पछाडि खास कारण नभइ पव्लिसिटिको लागि हुन सक्ने एसिया क्रिप्टो टुडेले जनाएको छ । रिपोर्टका अनुसार उनि हङ्गकङ्गका एक प्रतिष्ठित व्यक्ति हुन् ।
प्रतिक्रिया