विमल बिष्ट, डोटी । कर्मचारी मिलन केन्द्र डोटीको तेश्रो साधारण सभा सम्पन्न भएको छ । उक्त साधारण सभाबाट शिक्षा बिकास तथा समन्वय ईकाई प्रमुख अनन्तकुमार पौड्यालको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरिएको छ ।
साधारण सभाबाट सर्बसहमत चयन गरिएको नयाँ कार्य समितिमा उपाध्यक्ष भु तथा जलाधार संरक्षण अधिकृत हरिबंश आचार्य, सचिब डिभिजन वन कार्यालय डोटीका रेन्जर सुरेश रोकाया, सह सचिब जिल्ला सरकारी वकिल कार्यालय डोटीका जिल्ला न्यायधिबक्ता पूर्णबहादुर केसी र कोषाध्यक्षमा कृषि बिकास बैंक डोटीका शाखा प्रबन्धक दीर्घबहादुर शाह रहनु भएको छ ।
त्यसैगरि सदस्यहरुमा क्रमस सेती प्राबिधिक कार्यालय दिपायलका प्रमुख शालिग्राम डाङी, सशस्त्र प्रहरी बल दिपायलका सशस्त्र प्रहरी नायव उपरिक्षक देबराज जोशी, बडिकेदार गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत दीपकराज पाण्डे, जिल्ला प्रशासन कार्यालय डोटीका कम्प्युटर अप्रेटर बिद्या तामाङ्ग, जिल्ला स्वास्थ्य कार्यालय डोटीका सिनियर अहेब उत्तमराज उपाध्याय र शिखर नगरपालिकाका आन्तरिक लेखा परीक्षक अमरबहादुर खड्का निर्बाचित हुनु भएको कर्मचारी मिलन केन्द्र डोटीले जनाएको छ ।
कर्मचारी मिलन केन्द्र डोटीका अध्यक्ष अनन्तकुमार पौड्यालको अध्यक्षता तथा सचिब सुरेश रोकायाको संचालनमा सम्पन्न उद्घाटन समारोहमा आर्थिक तथा प्रगति प्रतिबेदन प्रस्तुत गरिएको थियो । कार्यक्रमको उद्घाटन गर्दै कर्मचारी मिलन केन्द्र डोटीका संरक्षक तथा प्रमुख जिल्ला अधिकारी यादब सुवेदीले कर्मचारी मिलन केन्द्र डोटीलाई आम कर्मचारीहरुको साझा चौतारीको रुपमा बिकास गर्दै रचनात्मक काम गर्नु गर्ने कुरामा जोड दिनु भएको थियो ।











प्रतिक्रिया