आज मुलुकभर वर्षा

0
Shares

काठमाडौं ।  मुलुकभर आज आंशिक वर्षा हुने स्थिति देखिएको छ ।

जल तथा मौसम मौसम पूर्वानुमान महाशाखाले मंगलबार देशको पूर्वी, मध्य र पश्चिमी भेगमा दिनभर बादल लाग्ने र केही स्थानमा पानी पर्ने जनाएको छ । हिमाली तथा उच्च पहाडी भेगम हिमपात हुने संभावना छ ।

महाशाखाका अनुसार मंगलबार रातिसम्म आंशिक वर्षा भए पनि बुधबारदेखि भने मौसम सफा हुनेछ ।