सिर्जना पन्त, बागलुङ
तमानखोला गाउँपालिका–१ बुङगादोभनका ५० वर्षिय धनिराम सुनार विहान उठ्ने वित्तिकै कपडा सिलाउँन बस्नुहुन्छ । उद्रिएका, फाटेका र च्यातिएका लुगाहरुलाई आकार दिन धनिरामको जिवनको सबै उर्जा प्रयोग भएको छ । शारिरीक रुपमा अपाङगता भएका धनिरामको शरिरीले कहिलै आराम महशुष गर्न पाएन ।
तर पनि अनुहार हसिलो बनाउँदैं धनिराम भन्नुहुन्छ ‘सिप भए भोकले मर्नु पर्दैन’ । सामान्य सुन्निएको खुट्टामा झिर तताएर कोपिदिंदा नशा र हड्डीमा छोईएर दाहिने खुट्टाले काम गर्न छोडेपछि १६ वर्षको कलिलो उमेरमा अपाङगता भएका धनिरामको काँधमा एक श्रीमती बेरोजगार २२ वर्षीय विवाहित छोराको परिवार, एक अविवाहित १४ वर्षको छोरा र १५ वर्षको उमेरमा विवाह गरि परिवारमा राम्रो नभएपछि माइतमा बस्दै आएकी छोरी पाल्नुपर्ने जिम्मेवारी छ ।
२४ वर्ष पहिले बागलुङको बुर्तिवाङमा सिलाई कटाईको तालिम लिएका धनिरामले चार वर्ष पहिले सम्म तमानखोलाका विभिन्न गाउँ गाउँमा पुगेर बाली लगाउनुहुन्थ्यो । श्रीमतीको सहयोगमा व्यक्तिका घर घर पुगेर कपडा, थाउना र ओढ्ने, ओच्छाने सिलाउँने र मकै कोदो बाली उठाएर परिवार पाल्दैं आएका धनिरामले पछिल्लो समय आधुनिक सिलाई मेसिन सहित नयाँ नयाँ डिजाईनका कपडा लगाउँने चलन आएपछि आफुलाई पेसा धान्न धौ–धौ पर्न थालेको बताउँनुहुन्छ । ‘१४ वर्ष सम्म बाली उठाएर सिलाउँने काम गरे धनिराम भन्नुहुन्छ समय अनुसार व्यवासय र व्यवसाय गर्ने तौर तरिकामा पनि परिर्वतन हुँदो रहेछ, अहिले बालिघरे प्रथा हटि सक्यो ज्यालामा काम हुन्छ ।’
अपाङ्गता भएका धनीरामले पाल्छन् ६ जनाको परिवार
जहान परिवार बढ्दैं गएको र कमाई थोरै हुन थालेपछि धनिरामले सिलाई कपटाई संग संगैं माछा मार्ने जाल पनि बुन्न थाल्नुभएको छ । माछा मार्दा खोलामा विषादी र करेन्ट प्रयोग गर्न नपाईने भएपछि धनिरामको माछाको जाल बुन्ने व्यवसाय पनि राम्रो हुँदैं गएको छ । ‘मेरो मुख्य व्यवसाय सिलाई कटाईनै हो धनिराम भन्नुहुन्छ तर माग आयो भने माछा मार्ने जाल पनि बुन्ने गरेको छु । ’ एउटा माछाको जाल ३ हजार ५ सय र गाटा मिसाएर पूर्ण रुपमा बुनेको माछा मार्ने जाल ८ हजार रुपैयामा विक्री गर्ने गरेको उहाँले बताउँनुहुन्छ ।
‘बुढो भईयो छिटो छिटो हात चलाउँन सकिदैंन धनिराम भन्नुहुन्छ सिलाई कटाईको काम गर्दै फुर्सदको समयमा जाल बन्छु, एउटा जाल बुन्न २ महिना पनि लाग्छ ।’ आफ्नो खुट्टाले टेकेर चर्पी समेत जान नसक्ने धनिरामको जिवनमा उहाँकी ४९ वर्षीय श्रीमती पानमती सुनार भगवान जत्तिकै हुनुहुन्छ । महिनाको ६ सय रुपैया अपाङगता भत्ता आउँछ, धनिराम भन्नुहुन्छ, निलो अपाङगता परिचय पत्र बोकेर म अपाङग हुँ भन्नुमात्र भएको छ , श्रीमतीको साथ र सहयोग नभएको भए जिवनमा उत्साह र हौसला हुने थिएन आँट पनि हुने थिएन म पहिल्लै मरिसक्थे ।’











प्रतिक्रिया