सञ्जय कार्की, रौतहट
आर्थिक बर्ष सकिन ६ महिना बाकी रहदा रौतहटका पाँच स्थानीय तहले नगर सभा गर्न सकेका छैन । नगर सभा गरेका अन्य स्थानीय तहले पुजीगत खर्च गर्न सकेका छैनन ।
चालु पुजी मात्र खर्च गरेको पाइएको छ । यस आर्थीक बर्षको लागि नीति र कार्यक्रम पास गर्न गत आर्थीक बर्षको असाढ मसान्तभित्र नै सभा गरिसक्नु पर्ने प्राबधान बिपरित पाँच स्थानीय तह रहेका छन । जनप्रतिनिधिहरुको आपसी मतभेदका कारण नगर सभा गर्न नसक्नेमा गुजरा, फतुवा विजयपुर, कटहरिया, बौधीमाई, र देवाही गोनाही नगरपालिका रहेको जनाइएको छ ।
उता जनप्रतिनिधिहरुमा भने बिलासिता मोह बढेको छ । स्थानीय तहमा जनप्रतिनिधिहरु चयन भएसंगै सबारी साधनको चाप बढेको छ । नगरसभा गर्नु पुर्ब कार्यपालिकाको बैठकमा वडाअध्यक्षहरुले योजनाको लागि रकम बाडफाँटको माग गर्ने गरेका कारण नगरसभा हुन नसकेको भनाई सम्बद्ध नगरपालिकाको रहेको छ । गुजरा नगरपालिकाका वडाअध्यक्षहरुले रकम बाटफाँटमा बिबाद सृजना गरेको बताइएको छ ।
गत आर्थीक बर्ष वडाअध्यक्ष मार्फत १ करोड ५० लाख रुपैयाको योजना छनौट गर्दा रकम दुरुपयोग भएको भन्दै यसपटक गौरबका योजनामा लगानी गर्ने गुजरा नगरपालिकाको कार्यालयले जनाएको छ । कटहरिया नगरपालिकाका प्रमुख फिरोज भनिने सियाराम कुश्वाहा कर्तब्य ज्यान मुध्दामा जेलपरेपछि त्यस नगरपालिकाका उपप्रमुख नुरजाहा खातुनले कार्यबाहक प्रमुख भएर नगरपालिका चलाएकी छिन । तर वडाअध्यक्षहरुले उनलाई असहयोग गरेपछि नगरसभा हुन सकेको छैन ।
यस्तै फतुवा विजयपुर नगरपालिकामा कांग्रेसबाट प्रमुखमा निर्वाचित भएका गोपाल यादवले कार्यपालिका बैठकनै नबोलाएको कारण नगर सभा नभएको आरोप उपप्रमुख कान्ति देवीले लगाउनु भएको छ । त्यस्तै बौधीमाई नगरपालिकाका जनप्रतिनिधिहरु बीच आपसी सहमति हुन नसक्दा नगरसभा हुन नसकेको भनाई प्रमुख कार्यकारी अधिकृत विरेन्द्र चन्द्रवंशीको रहेको छ ।
त्यसै गरी देवाही गोनाही नगरपालिकाका वडाध्यक्षहरुले जनही १ करोडका दरले वडा लाई बजेट बिनियोजन गर्नु पर्ने माग राखेका छन ।
वडाअध्यक्षहरुको माग पुरा गर्न नसकिने भएपछि नगर सभामा ढिलाई भएको छ । देबाही गोनाही नगरपालिकाको १७ करोड बजेट बाट वडाअध्यक्षहरु लाई पचास लाखको योजना दिने भनिएपनि उनीहरुले १ करोडको योजना माग गरेको बताइएको छ ।











प्रतिक्रिया