राष्ट्रपतिका पुत्र फेसबुकमा प्रतिवन्धित


जेरुसेलम,(एजेन्सी)
इजरायली राष्ट्रपति बेन्जामिन नेतान्याहुका पुत्रले प्यालेस्टाइनी र मुश्लिहरु विरुद्ध थुप्रै पोस्ट गर्न थालेपछि आफुलाई फेसबुकले २४ घन्टा ब्लक गरेको बताएका छन् । गत साता फेसबुकले राष्ट्रपति पुत्र याइर नेतान्याहुले एकजना प्यालेस्टाइनीले दुईजना इजरायली सैनिकको हत्या गरेको विरुद्ध ‘ मृत्युको बदला लिन ’ आब्हान गर्दै राखेको पोस्ट हटाएको थियो ।

साथै २७ वर्षिय याइरद्वारा ‘ सम्पुर्ण मुश्लिमले इजरायल छोड ’ भन्ने नारा सहित राखेको पोस्ट पनि फेसबुकले हटाएको जनाइएको छ । उनले फेसबुकलाई ‘ विचार विरुद्धको प्रहरीको ’ संज्ञा दिँदै विरोध जनाएक छन् ।

तर यसबारे फेसबुकले अझैसम्म कुनै प्रतिक्रिया जनाएको छैन । गत वर्ष पनि उनले अर्वपति जर्ज सोरोस लगायत आफ्ना पिताका आलोचकहरुलाई होच्याउँदै फेसबुकमा विभिन्न सामग्री पोस्ट गरेर निकै विवादमा आएका थिए ।

साथै आफ्नै कुकुरको दिसा नउाठाएको कारण पनि उनी निकै आलोचित भएका थिए । नेतान्याहुले आफुलाई फेसबुकले २४ घन्टा प्रतिवनध लगाएकोमा निकै आश्चर्य प्रकट गर्दै फेसबुकले हटाएको एउटा पोस्टको स्क्रिन सट पनि ट्विटरमा पोस्ट गरेका छन् ।