आज नेपाली राष्ट्रिय झण्डा दिवसः विभिन्न कार्यक्रम गरी मनाइदै


काठमाडाैं । आज नेपाली राष्ट्रिय झण्डा दिवस विभिन्न कार्याक्रम गरी मनाइने भएको छ ।

२०६२ साल पुस १ गते १६ डिसेम्वर संयुक्त राष्ट्र संघले नेपालको झण्डालाई अङ्कित गरेको दिनलाई स्मरण गर्दै आज राष्ट्रिय झण्डा दिवस मनाउन लागिएको हो ।

‘मेरो शान मेरो स्वाभिमान, राष्ट्रिय झण्डा मेरो स्वाभिमान’ नारासहित आज आइतबार नेपाली राष्ट्रिय झण्डा दिवस मनाउन लागिएको कार्यक्रम संयोजक श्याम बजगाईले बताए । बजगाईका अनुसार अन्तर्राष्ट्रियरूपमा नेपालीपनको प्रवद्र्धन र प्रसार गर्ने उद्देश्यले दिवस मनाउन लागिएको हो ।

सामाजिक सञ्जाल फेसबुक लगायतको माध्यमबाट नेपाली झण्डा बोकेर काठमाडौँको बसन्तपुरमा भेला हुन सबैलाई आग्रह गरिएको महाअभियानले जनाएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।