काठमाडौँ उपत्यकासहित देशैभरिको मौसम बदली,हिमाली क्षेत्रमा हिमपातको संभावना


काठमाडौ‌ । पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकासहित बुधबार देशैभरिको मौसम बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मौसम बदलीका कारण बिहानैदेखि काठमाडौं उपत्यकामा घाम लागेको छैन। मौसम बदली भएसँगै काठमाडौंमा जाडो बढेको छ।

काठमाडौं उपत्यकामा बुधबार बिहानको तापक्रम ६ डिग्रीमा झरेको छ। आज दिनभर नै मौसम खुल्ने संभावना नरहेको मौसमविद् गंगा नगरकोटीले बताइन्। ‘अबको एकरदुई दिन मौसम यस्तै रहन्छ,’ नगरकोटीले भनिन्, ‘बुधबार राति पूर्वी तथा पश्चिमी क्षेत्रका केही हिमाली भेगमा हिउँ पर्ने संभावना छ।’

मौसम बदली भए पनि उपत्यकामा पानी पर्ने संभावना छैन। पूर्वी तथा पश्चिमी क्षेत्रका पहाडी भूभागमा भने हल्का पानी पर्ने संभावना छ। पश्चिम तराईमा केही दिनदेखि बिहानीपख हुस्सु लाग्न थोको छ। तर, पूर्वी तथा मध्य तराईमा भने मौसम सामान्य बदली भए पनि हुस्सु लागेको छैन।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।