काठमाडौँकाे रानीवारीमा १३ वर्षीया बालिका बलात्कृत

0
Shares

काठमाडौँ । काठमाडौँमै फेरि अर्की एक बालिका बलात्कृृृत भएकी छिन । काठमाडौँ महानगरपालिकालेकाे वडा नम्बर ३ रानीवारीमा बालिका बलात्कृत भएकी हुन । प्रहरीका अनुसार हेटाैँडा स्थायी घर भएकी हाल रानीवारी बस्ने १३ वर्षीया बालिका बलात्कृत भएकी छिन ।

कोठामा अभिभावक नभएको बेला  फकाएर  बलात्कार गरेको अभियोगमा प्रहरीले साेहीठाउँ डेरा गरी बस्ने रौतहट राजदेवी नगरपालिका–८ घर भएका १७ वर्षीय धर्मेन्द्र यादवलाई पक्राउ गरेको छ । घटनाबारे थप अनुसन्धान भैरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।