सिटिजन्स बैंक र सिद्धि पोलि प्याथल्याबबीच सम्झौता

0
Shares

काठमाडौं, (नेस)
सिटिजन्स बैंक इन्टरनेसनल र डिल्लीबजारस्थित सिद्धि पोलि प्याथल्याबबीच सहकार्य गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख सञ्चालन अधिकृत पारसकुमार काफ्ले तथा प्याथल्याबका तर्फबाट उक्त ल्याबका डाइरेक्टर डा. विश्व श्रेष्ठले हस्ताक्षर गर्नु भएको थियो ।

सम्झौतापश्चात सिटिजन्स बैंकका डेबिट÷क्रडिट कार्डवाहक ग्राहकले सिद्धि पोलि प्याथ ल्याबको प्रयोगशालामा जाँच गराउँदा छुट पाउनेछन् । बैंकको
८० वटा शाखा, ७५ वटा एटीएम र ९९ वटा शाखारहित बैंकिङ एकाईबाट करिब तीन लाख ५० हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।