सिटी एक्स्प्रेसको लखपति एक्स्प्रेस योजनाका अर्का विजेता घोषित

0
Shares

काठमाडौं, (नेस)
सिटी एक्स्प्रेसको लखपति एक्स्प्रेस योजनाअन्तर्गत पर्साका बिनोद अग्रहरी दोस्रो साताका विजेता घोषित भएका छन् ।

यस उपहार योजना अवधिमा दैनिक उपहार योजनाअन्तर्गत ९२४ जनाले २०० को मोबाइल टप अप, साप्ताहिक रुपमा ३० जना विजेताले रु १० हजार र १ जनाले १ लाख रुपियँँ जितिसकेको तथा ती सबै उपहार विद्युतीय लक्की ड्रमार्फत विजेता छनोट गरिएको कम्पनीले जनाएको छ ।

सिटी एक्स्प्रेसको लखपति एक्स्प्रेस उपहार योजनाअन्तर्गत लक्की ड्र मार्फत उपभोक्ताले दैनिक २ सयको मोबाइल टप अप १२ जनाले जित्न सक्ने छन् ।

त्यसैगरी साप्ताहिक रुपमा तीनजना विजेताले १० हजार तथा हरेक महिना लक्की ड्रमो एक जनाले एक लाख जित्न सक्ने र उपहार योजनाको अन्त्यमा एक जनाले बम्पर उपहार तथा सिटी एक्स्प्रेस मनी ट्रान्सफर प्रालि १२औं वर्ष प्रवेश गरेको उपलक्ष्यमा १२ लाख रुपियाँसम्म जित्न सक्ने छन् । यो योजना असोज १ गतेदेखि मंसिर २९ गतेसम्म लागँ हुने कम्पनीको भनाइ छ ।