न्याय खोज्दैमा ६ वर्ष बित्यो

0
Shares

सञ्जय कार्की, रौतहट
प्रहरीका एक जवानले बहुबिबाह गर्दै श्रीमतीलाई घरनिकाला गर्ने गरेको पाईएको छ । रौतहटको कटहरीया नगरपालिका हथियाहीटोल निबासी प्रहरी जवान राजेश कुमार यादवले २०६९ सालमा मकवानपुर जिल्ला घर भइ थानकोट बस्ने ज्योती थापा मगर संग बिबाह गरे पनि घर नभित्रयाईन उनलाई निकालेका छन ।

उनी न्यायको लागि भन्दै आफना श्रीमान कार्यरत रहेको कालिमाटी प्रभाग, जिल्ला प्रहरी कार्यालय रौतहट र महिला तथा बालबालिका सेल काठमाण्डौ र प्रहरी प्रधान कार्यालय काठमाण्डौमा उजुरी दिए पनि आफुले न्याय नपाएको गुनासो उनको रहेको छ । बिबाह गरेपछि घर भित्रयाउनुको सट्टा स्वयम श्रीमाननै मेरो माईतीमा मसंग बस्नु भयो । पछि घर भित्रिने भन्दै आए पनि आफुलाई घरका सदस्यले कुटपिट गरेको आरोप उनको रहेको छ ।

विवाह भएको चार महिना पछि देखीनै श्रीमान बाट पनि आफुले शारीरिक र मानसिक यातना पाएपनि न्याय नपाएको आरोप उनको रहेको छ । श्रीमान बाट आफुले एक छोराको जन्म दिएको भन्दै उनले भनिन जीबिकोपार्जन गर्न आफु चिया बेच्ने पेशा गर्न बाध्य भएको बताईन । घरमा नन्दको बिबाह हुदा आफूसँग श्रीमान्ले ६ लाख रुपैया र एउटा मोटरसाईकल मागेको भनाई उनको रहेको छ । तर प्रहरी भएकै कारण श्रीमान लाई नत कारबाही भयो नत मैले न्याय पाए । बर्षौदेखि न्यायको लागि भौतारिदा समेत न्याय मरेको देशमा मैले न्याय पाईन ।

प्रहरी जवान यादव र उनकी श्रीमती लाइ गृह जिल्लामा नै झीएकाएर छलफल गर्न खोजीको भनाइ जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरिक्षक महेन्द्र मरासीनीले बताउनु भयो । जिल्ला प्रहरी कार्यालयले फेरी न्याय दिन नसकेपछि उनी काठमाण्डौ फर्किएकी छिन । न्यायको लागि भौतारिदा उल्टै आफनो खर्च भएर ऋणभारमा रहेको उनको भनाइ छ । सरुवा भएर सर्लाही पुगेपछि २०७० जेठ १९ गते विवाह दर्ता गरेको ज्योती थापा मगरले बताईन ।