बझाङ–बाजुरा जोड्ने पुल अलपत्र

0
Shares

ललित सिंह, बझाङ
बझाङ्ग देखि छिमेकी जिल्ला बाजुरा जोड्ने तमैलमा रहेको सेती नदीको पक्की पुल अलपत्र परेको छ । ठेकेदारको लापरवाहिका कारण बझाङका चार वटा पक्की पुलको निमार्ण कार्य अलपत्र छन् । ठेक्का लिने र समयमा काम नगरि ढिला सुस्तीगर्ने गरेका कारण यो अवस्था आएको हो ।

सेती पारीका तीन गाँउपालिका तथा छिमेकी जिल्ला बाजुरा र अछाम लाई सडक संजाल संग जोडन सकिने पक्की पुलको निमार्णको समयावधि सकिदा पनि बन्न सकेका छैनन । जिल्ला सदरमुकाम नजिकै सेती नदी माथिको पानकोट पुल, तमैलमा निमार्ण हुन लागेको पक्की पुल, थलारा गाँउपालिकाको झनाना बजार नजिकैको पक्की पुल र तल्कोट गाँउपालिकाको देवसैनमा बन्न लागेको पुल निर्माणको समय गुज्रिसक्दा पनि बन्न सकेका छैनन् ।

सरोकारवाला निकायले चासो दिएनन्

सेती नदी पारी रहेका स्थानिय तह लाई जोडने गरि २०७३ साल असार महिनामा निर्माण सम्पन्न हुने गरि ठेक्का सम्झौता भएको सदरमुकाम नजिकैको सेती नदीको पानकोटमा पर्ने पक्की पुल चार वर्ष सम्म पनि निर्माण हुन सकेको छैन । सेती पारी रहेको जिल्लाको करिब आधा भुभागलाई सडक संञ्जालमा जोड्ने यो पुल निर्माण हुन नसक्दा वर्षाै अघि निर्माण सम्पन्न भएका सडकहरु पनि बेकामे भएका छन् । ठेकेदार कम्पनी निलगिरी निमार्ण सेवा र जागृती निमार्ण सेवाले ६ करोड ७८ लाखको लागतमा संयुक्तरुपमा पुल निमार्णको जिम्मेवारी पाएका थिए ।

डिजाईन ईस्टमेटमा त्रुटि भएका कारण पुल निमार्ण हुन नसकेको निमार्ण कम्पनिले जनाएको छ । तर हाल पुनः टेन्डर भई निमार्ण कार्य सुरु हुन लागेको हो । तमैलमा निर्माणाधिन पुलको पनि आउने पुस महिनामा सम्झौता अवधि सकिदै छ । तीन वर्ष्भित्र सम्पन्न गर्ने शर्तमा के एच कन्ट्क्सन प्रालिले ११ करोड २५ लाख रुपैयाँको लागतमा निर्माण हुने गरि ठेक्का पाएको थियो ।

निमार्ण कार्यको समायावधि सकिन लाग्दा पनि यस पुलको काम २० प्रतिशत मात्र भएको छ । ठेक्का लिने तर काम नगर्ने प्रवृतिले गर्दा विकासका योजना आए पनि आफुहरुले सुविधा पाउन नसकेको खप्तड छान्नावासीको भनाई छ । सेती लोकमार्ग अन्तर्गत पर्ने खप्तड छान्ना गाउँपालिकाका स्थानीयले दुई वर्षअघि यही ठाउँमा काठको अस्थायी पुल निर्माण गरेर गाडी सञ्चालन गरेका थिए ।

पुल निर्माणको काममा ढिलाइ भएपछि स्थानीयहरू ठेकेदार कम्पनीप्रति आक्रोशित हुन थालेका छन । तल्कोट गाउँपालिकाको देवसैन भन्ने स्थानमा सेती नदीमा निर्माण हुनु पर्ने मोटरपुलको ठेक्का २०६८ सालमा भएको थियो । याक्थुहाङ निमार्ण सेवा प्रालिले निर्माणको जिम्मा लिएको सो पुलको काम पनि हालसम्म सुरु हुन सकेको छैन ।

यद्यपी कम्पनीले प्रत्येक वर्ष ठेक्का निमार्णको अवधि भने नवीकरण गरिरहेको छ । थलारा गाउँपालीकाको वडा नं झनानामा निर्माण गर्न लागिएका पक्की पुलको काम पनि अलपत्र अवस्थामा छ । थलारा गाँउपालिकालाई जयपृथ्वी राजमार्गसँग जोड्ने पुल ठेकेदारको वेवास्ताका कारण अलपत्र परेको छ । राजनैतिक संरक्षणका कारण ठेकेदारले निमार्ण कार्यमा ढिलाई गर्ने गरेको स्थानियहरुको आरोप छ ।