विजय नेपाली, पोखरा
पोखराका विद्यार्थीले कक्षा ११ को नतिजा प्रती गम्भीर त्रुटि हुदा समेत राष्ट्रिय परिक्षा बोर्ड मौन रहेको भन्दै आइतवार राष्ट्रिय परिक्षा बोर्ड कास्कीमा तोडफोड गरेका छ्न । आक्रोशित विधार्थिहरुले परिक्षा बोर्डको सोफा तथा झ्याल फुटाएका छ्न । सोहिक्रममा सामान फुटालेको भन्दै प्रहरिले विधार्थी माथी समेत हातपात गरेको छ । उनिहरु २ महिनादेखि नतिजा सच्याउन माग गर्दै आन्दोलनमा होमिएका छ्न ।
राष्ट्रिय परीक्षा बोर्डले गत असोज २० गते साँझ कक्षा ११ को नतिजा सार्वजनिक गरेको थियो । नतिजा प्रकाशन हुदा कास्कीमा विज्ञान विषय पढाइ हुने अधिकांश विद्यालयका विधार्थिले चर्काे असन्तुष्टि व्यक्त गरेका थिए ।
उनिहरुले राष्ट्रिय परीक्षा बोर्ड पोखरा कार्यालयमा गुनासो समेत सुनाएका थिए । बोर्डले रिटोटलको लागि भनेर विधार्थीहरु सङ्ग दुइ हजार रुपैया लिए पनि नतिजा जस्ताको तस्तै रहेको विधार्थीहरुको गुनासो छ ।
कक्षा ११ को नतिजाप्रति २७ सय विद्यार्थीको असन्तुष्टि
रसायनशास्त्र, भौतिकशास्त्र र गणित विषयको नतिजा बिग्रेको विधार्थिहरु बताउछन । विद्यार्थीले नतिजा प्रकाशन भएको एकदिन बित्न नपाउदै असोज २१ गतेदेखि विद्यार्थी परीक्षा बोर्ड कार्यालयमा धर्ना सुरु गरेका थिए ।
पोखराको जनप्रिय बहुमुखी क्याम्पस, गोगन मावि, डायमन्ड मोडल, सगरमाथा मावि, स्टेपबाइ स्टेप, अमरसिंह मावि लगातका विद्यार्थीले परीक्षा बोर्डले कापी जाँच गर्ने क्रममा लापबाही गरेको आरोप लगाउदै आएका छन ।
विद्यार्थीको भविष्य नै बिग्रने गरी लापरबाही भएको अमरसिह मावीका विद्यार्थी प्रकाश शर्माले बताए । ‘शर्माले भने, हामी निकै तनाबमा परेका छौ, राज्यले हाम्रो जीवननै डामाडोल र्पायो दुई महिना बितिसक्दा समेत समस्याको समाधान भएको छैन, हामी माथी अन्याय भयो ।’ सिर्जना माविका एक सय १० जना विद्यार्थी नतिजाबाट असन्तुष्ट छन् ।
त्यस्तै अर्का विधार्थी किरुज अधिकारिले स्पष्टीकरण माग्दा बोर्डले आफुहरुले केही गर्न नस्क्ने भनेको बताए । “ अब हामी जाने कहाँ १२ को पनि परिक्षा नजिकिदै छ, हामिले पुन ११ को परिक्षा दिन पनि तयार छौ तर १२ को परिक्षा पछि सार्नु पर्छ“ उनले बताए ।
विद्यार्थीले आफूहरुको मुद्दामा परीक्षा बोर्डले गम्भीर रुपमा नलिएको गुनासो पोखे । यस विषयमा काम अगाडि बढेको मात्र उनीहरुलाई उत्तर दिएको छ । राष्ट्रिय परीक्षा बोर्ड पोखरा शाखामा प्रमुख विष्णुनारायण श्रेष्ठले विधार्थीहरुको माग पूरा गर्न नसक्ने बताएका छन । ‘केन्द्रले निर्णय लिनुपर्ने विषयमा शाखा कार्यालयबाट केही लिखित सूचना निकाल्न मिल्दैन, सबै कार्य माथीबाटनै हुने गर्छ हामिले गर्न सक्ने गरेका छौ“ उनले भने ।
२७ विद्यार्थी भने अहिले अलमल्ल परेका छन् । गत जेठ ९ गते सम्पन्न परीक्षाको विगतका वर्षभन्दा ३ महिना अगाडि नै बोर्डले नतिजा सार्वजनिक गरेको थियो ।
विधार्थिको कुरा बोर्डले नसुन्दा विधार्थी महानगरपालिका पुगेका छन । आफ्नो आवाज सम्बन्धीत निकाय सम्म र्पुयाइ दिन आग्रह गर्दै महानगरका उप प्रमुख मन्जुदेवि गुरुङ्गलाइ ज्ञापन पत्रसमेत बुझाएका छन । महानगरको मात्र नभइ समग्र गण्डकी प्रदेशकोनै नतिजा बिग्रेको शिक्षा महाशाखा प्रमुख हेम प्रसाद पौडेलले बताए ।
“एक दुई जनाको मात्र भएको भए आफ्नै कम्जोरि मान्न सकिन्थ्यो तर यहाँ,पुरै विधार्थिको नतिजा गलत छ, हामिले महानगरलाई शैक्षिक हवको रुपमा विकास गर्न लाग्दा विधार्थीमाथी यस्तो हुनु लापरबाही हो“ उनले भने । उप प्रमुख मन्जुदेवि गुरुङ्गले महानगरको तर्फबाट गर्नुपर्ने सम्पुर्ण सहयोग गर्न तयार रहेको बताइन ।
परिक्षा बोर्डले सार्वजनिक गरेको नतिजामा निकै लापरबाही भएको देखिन्छ । यदि बोर्डले यश विषयलाइ गम्भीर रुपमा नलिए २७ सय विधार्थिको भविष्य अन्धकार बन्ने छ ।











प्रतिक्रिया