असी वर्षमा नेपाली नागरिक

0
Shares

नेपाल समाचारपत्र, रुकुम पूर्व
भुमे गाँउपालिका ६ महतकी प्रवासी बुढा घर देउमै सिडियो सहितको टोली पुगेको सुनेर लठ्टी टेक्दै नागरिकता शिविर बसेको ठाँउसम्म पुगिन । उमेरले ८० बर्ष पुरा भएकी बुढाको आफ्नै घर अगाडी आएको नागरिकता टोलीको हातबाट नागरिकता लिने धोको पुरा भयो । जिल्ला प्रशासन कार्यालय रुकुम पुर्वले हरेक शनिबार नागरिकको घरमै पुगेर नागरिकता प्रदान गर्दै आएको छ ।

प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले हरेक शनिबार नागरिकको घरमा गएर सेवा दिँदै आएका छन् । हरेक सार्वजनिक विदाको सदुपयोग गर्दै जिल्ला प्रशासनले सञ्चालन गर्ने गरेको नागरीकता वितरण सम्बन्धि घुम्ति शिविर मार्फत वुढाले नागरीकता प्राप्त गरेकी हुन् । असी बर्षको उमेरमा नागरिकता पाउँदा खुसी हुँदै उनले उमेर जानेबेला भएपनि नागरिकता पाएकामा खुसी प्रकट गरिन् । उनले भनिन् “उमेरले नेटो काटीसकेको थियो, सदरमुकाम जान सकीएको थिएन ।” नागरीकता नभएकै कारण उनी वृद्धभत्ताबाट समेत बन्जित भएकी थिइन् ।

गाउँघरमै पुगेर नागरीकता वितरण गरेको भन्दै स्थानीय खुसी भएका छन् । हरेक सार्वजनिक विदाको दिन जिल्ला प्रशासनले सदरमुकाम देखी अलि टाढा पर्ने जिल्लाका विकट गाउँहरुमा पुगेर घुम्ति शीविर सञ्चालन गर्दै आएको छ । जिल्ला समन्वय समिति र तिनवटै गाउँपालिकाको समन्वयमा शिविर सञ्चालन गर्दै आएको जिल्ला प्रशासनले जनाएको छ ।

अहिलेसम्म जिल्ला प्रशासनले भुमे गाउँपालिकाको वडा नम्बर १ लुकुम, २ खाबाङ, ६ महत र ७ धर्मशाला गुनाममा शिविर सञ्चालन गरीसकेको छ । शिविरबाट हालसम्म १५३ जनाले नागरीकता प्राप्त गरेका छन् । जसमा महिला ९८ पुरुष ५३ छन भने २ जना अपाङ् रहेका छन् । नागरकिता वितरणसँगै उनिहरुको मतदाता नामावलि सङ्कलन पनि गरीएको छ । शिविरमार्फत नागरीकता लिनेहरुमा बढी जेष्ठ नागरीक रहेका छन् ।

भोलि भन्ने शब्द प्रयोग हुँदैन
यसै गरी जिल्ला प्रशासन कार्यालय रुकुम पुर्वमा भोली शब्दको प्रयोग नहुने प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले बताए । जनताको काम तत्कालै गरिने बताउँदै उनले भोली भन्ने शब्दले जनतालाई दुख्ख दिने भएकोले कुनै पनि कर्मचारीले काम गर्दा भोली गरौंला भन्ने उच्चारण नगरी तत्कालै काम गर्ने जानकारी दिए ।

उनले सिंह दरबारको सेवासुविधा गाउँघरमै पुगेको आभास दीलाउनको लागी सदरमुकाम पुग्न २÷३ दीन लाग्ने ठाउँका नागरीकहरुलाई लक्षित गरेर शिविर सञ्चालन गर्ने गरेको बताए । शिविर सञ्चालन गरेर नागरीकता वितरण गर्दा जिल्लाका विकट गाउँ बस्तिका नागरीकहरुलाइ नागरीकता बनाउनकै लागी सदरमुकाम धाउनुपर्ने बाध्यता टरेको छ ।