टोस्टमास्टर्सको पहिलो डिभिजन सम्मेलन सम्पन्न

0
Shares

काठमाडौं, (नेस)

टोस्टमास्टर्सको पहिलो डिभिजन सम्मेलन शनिबार सम्पन्न भएको छ । नेपालका १४ वटा टोस्टमास्टर्स क्लबबाट २५० सदस्यभन्दा बढी उपस्थिति सम्मेलनमा भएको थियो । बैंकर, व्यवसायिक व्यक्ति, शिक्षक, पर्यटन उद्यमीलगायत विद्यार्थीहरू सहभागी थिए ।

भारतको बेंगलोरका टोस्टमास्टर डा. राजदिप मानवानीले सम्मेलनमा मुख्य टिप्पणीहरू दिएका थिए ।

त्यस क्रममा राष्ट्रिय योजना आयोगका पँर्वउपाध्यक्ष डा.स्वर्णिम वाग्लेलाई कम्युनिकेसन अवार्ड २०१८ प्रदान गरियो । यस प्रकारको पुरस्कार पहिलोपटक गैर टोस्टमास्टर सदस्यलाई प्रदान गरिएको हो। नेपाल टोस्टमास्टर्सले यस प्रकारको अवार्ड हरेक वर्ष प्रदान गर्नेछ ।

कार्यक्रममा प्यानलिस्ट चाँदनी जोशी, रितुसिंह वैद्य र सुमना श्रेष्ठको साथ महिलाहरूद्वारा सामना गर्ने चुनौती र समाधानका सम्भावित तरिकाको बारेमा ध्यान केन्द्रित गरिएको थियो ।

त्यस्तै भाषण प्रतियोगिताको विजेता टोस्टमास्टर असिरा खनाल र हास्य भाषण प्रतियोगिताको विजेता टोस्टमास्टर रुजल लाल जोसी भए । दुवै प्रतियोगिताका विजेताहरु भारतको कोलकातामा २०१९ मे महिनामा माथिल्लो स्तरको प्रतिस्पर्धाका लागि जानेछन् ।