गल्फ लुब्रिकेन्टद्वारा भिटारा बेरिज जेडआई प्लस गाडी प्रदान

0
Shares

काठमाडौं, (नेस)
गल्फ लुब्रिकेन्टको लागि नेपालको आधिकारिक उत्पादक तथा वितरक नेपाल ल्युब आयलले एड्भान्स क्लब्ड स्किमअन्तर्गत सिफलस्थित डि एस ट्रेड सेन्टरलाई भिटारा बेरिज जेडआई प्लस गाडी प्रदान गरेको छ ।

डीएस ट्रेड सेन्टर गल्फ लुब्रिकेन्टको आधिकारिक रिटेलर हो । उक्त रिटेलर २ वर्षमा ६० किलोलिटर गल्फ लुब्रिकेन्ट बिक्री गर्न सफल हुनेछ । यसै नेपाल ल्युब आयलका कार्यकारी निर्देशक करण चौधरीले यही मंसीर १३ गते डि एस ट्रेड सेन्टरका प्रोप्राइटर उत्तम लिगललाई गाडी हस्तान्तरण गर्नु भएको थियो ।