नयाँ टाटा टिगोर बजारमा

0
Shares

काठमाडौं, (नेस)
टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले नेपाली बजारमा प्यासेन्जर गाडी नयाँ टाटा टिगोर ल्याएको छ । आकर्षक बाहिरी र भित्री बनावट भएको टाटा टिगोर पेट्रोलबाट चल्ने सेडानको न्यँनतम २७ दशमलव ५५ लाख (१ दशमलव २ लि. रेभोट्रन) मँल्यपर्नेछ र टाटाका सबै आधिकारिक बिक्री केन्द्रमा उपलब्ध हुनेछ ।

टाटा मोटर्सका इन्टरनेसनल प्यासेन्जर युनिटका प्रमुख सुजन रोय भन्नुहुन्छ–‘सही मँल्यमा बोल्ड, आकर्षक बनावट र उपयुक्त प्रिमियम खोज्ने ग्राहकका बीच कम्प्याक्ट सेडान निकै लोकप्रिय छ । यही तथ्यलाइ ध्यानमा राख्दै हामीले कला, कार्यक्षमता, आराम र प्रविधिको सर्वोत्कृष्ट सम्रिश्रण स्वरूप नयाँ टाटा टिगोर ल्याएका छँंै । यसले हाम्रा ग्राहकको मन जित्ने कुरामा हामी विश्वस्त छँैं।’

त्यस्तै सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ भन्नुहुन्छ–‘अरुभन्दा केही फरक गर्ने दृढता अनुरुप नयाँ टिगोर बजारमा आएको हो । यो केबल टाटाको नयाँ उत्पादन मात्र होइन सम्पँर्ण अटोमोबाइल उद्योगमा नै नयाँ आयाम हो । नयाँ टिगोरले एकातिर हामीलाई चार पांग्रे बजारमा आफ्नो उपस्थितिलाई थप सुदृढ बनाएको छ भने अर्कोतर्फ यसले हाम्रो उतकृष्टताप्रतिको आफ्नो अटुट प्रतिबद्धतालाई पनि पुनः एकपटक प्रमाणित गरेको छ ।’

नयाँ टिगोरमा भएको ब्रेक फ्रि कुप रुफलाइन र डुयल चेम्बर प्रोजेक्टर हेडल्याम्प्सले यसको बनावट एकदमै आकर्षक बनाएको छ । यो सेडान एजिप्सियन निलो, रोमन सिल्भर, एस्प्रेसो खैरो, बेरी रातो, पियरसेंट सेतो र टिटानियम खैरो गरी ६ वटा रङमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
त्यस्तै नयाँ टिगोरमा १ दशमलव २ लिटर रेभोट्रन पेट्रोल पावर भएको छ । यो विभिन्न चार वटा मोडलमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।