एनआईसी एसिया बैंकको सीईओमा न्यौपाने

0
Shares

काठमाडाैं, (नेस)
एनआईसी एसिया बैंकको ३७९औं सञ्चालक समितिको बैठकले बैंकका कामु प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेलाई प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा नियुक्त गरेको छ ।

तत्कालीन प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसालको राजिनामा स्वीकृत भएपश्चात न्यौपानेले कायममुकायम प्रमुख कार्यकारी अधिकृतको रुपमा बैंकको नेतृत्व सम्हाल्दै आउनु भएको थियो ।

आन्तरिक लेखापरीक्षण विभाग प्रमुखको रुपमा तत्कालीन बैंक अफ एसिया नेपालबाट बैंकिङ क्षेत्रमा प्रवेश गर्नुभएका प्रमुख कार्यकारी अधिकृत न्यौपानेले बैंकको प्रमुख जोखिम अधिकृत, सहायक प्रमुख कार्यकारी अधिकृत तथा नायब प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्य गर्दै आउनुभएको छ । न्यौपाने चार्टर्ड एकाउन्टेन्ट समेत हुनु हुन्छ ।

नवनियुक्त प्रमुख कार्यकारी अधिकृत न्यौपानेलाई बैंक सञ्चालक समितिका अध्यक्ष तुलसीराम अग्रवालले पद तथा गोपनियताको शपथ ग्रहण गराउनुभयो ।

तत्पश्चात न्यौपानेले उत्कृष्ट, सरल एवम् सुलभ बैंकिङ सेवाप्रदान गरीे समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय संकल्पले परिकल्पना गरे बमोजिम सबै सरोकारवालाको सर्वाङ्गिण आर्थिक समृद्धिका लागि एक उत्कृष्ट बैंकको रुपमा यस बैंकलाई थप उचाईमा पु¥याउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।