वीरगन्जमा लुम्बिनी विकास बैंकको एटीएम

0
Shares

काठमाडौैं, (नेस)
लुम्बिनी विकास बैंकले वीरगन्ज आदर्शनगरस्थित बैंकको आप्mनो व्यापारिक कम्प्लेक्समा रहेको शाखामा एटीएम सञ्चालनमा ल्याएको छ । उक्त एटीएमको शुभारम्भ वीरगन्ज महानगरपालिकाका मेयर तथा लुम्बिनी विकास बैंकका संस्थापक विजयकुमार सरावगीले गर्नुभएको थियो ।

उक्त कार्यक्रममा बोल्दै लुम्विनी विकास बैंकका वीरगन्ज शाखाका शाखा प्रबन्धक अशोक भण्डारीले नेपाल राष्ट्र बैंकबाट राष्ट्रिय स्तरको मान्यता प्राप्त यस बैंकका देशभर ६५ शाखा कार्यालय तथा १४ एटीएम सञ्चालनमा रहेका तथा सो बैंकबाट जारी गरिएका भिसा एटीएम कार्डबाट देशभरका जुनसुकै बैंकको भिसा नेटवर्क अन्तर्गतका एटीएम मेसिनबाट पैसा झिक्दा कुनै शुल्क नलाग्ने तथा भुक्तानीका लागि समेत प्रयोग गर्न सकिने जनाउनुभयो ।

उक्त कार्यक्रममा वीरगन्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीले बैंकको शाखाको निरीक्षण गर्दै प्रगतिको कामना समेत गर्नुभयो ।