शिक्षासेवी गम्भीरमान मास्के रहनु भएन

0
Shares

काठमाडौं,(नेस) । त्रिपुरेश्वर स्थित विश्व निकेतन माध्यमिक बिद्यालयका पूर्व प्रधानाध्यापक गम्भीरमान मास्केको आइतबार बिहान निधन भएको छ ।
शिक्षा क्षेत्रमा एक उज्जवल नक्षत्रको रुपमा चिनिनुहुने तथा अंग्रेजी विषयका धुरुन्धर विद्वान मास्केको ८६ वर्षको उमेरमा निमोनिया रोगको कारण निधन भएको उहाँको पारिवारिक स्रोतले जनाएको छ ।

वि. सं. २०१७ सालमा विश्वनिकेतनमा मावि शिक्षककको रुपमा प्रवेश गर्नुभएका उहाँ २०२३ देखि २०५१ सालसम्म विश्व निकेतनको प्रधानाध्यापक रहनु भएको थियो । काठमाडौंको केल टोलमा नामुद कलाकार चन्द«मान मास्केको पुत्रको रुपमा १९८९ साल जेठ २७ गते जन्मनु भएका उहाँलाई शिक्षा क्षेत्रमा गर्नुभएको उल्लेखनिय योगदानलाई कदर गर्दै २०४९ तत्कालिन मन्त्रिपरिषदको विशेष बैठकबाट अवकाश पश्चात पनि दुईवर्ष कार्यकाल थपिदिएको थियो । त्यतिवेलाको कक्षा १०को अँगे्रजी विषयको ‘ गोइँग ओभरसिज ’ च्याप्टरको पात्र गम्भीरमान उहाँलाई नै सम्झेर बनाइएको जापानका लागि पूर्व राजदुत केदारभक्त माथेमालाई उदृत गर्दै विश्व निकेतन स्कुलका प्रधानाध्यापक हेरम्व राज कँडेलले जानकारी दिनुभयो ।

शुभराज्याभिषेक पदक , प्रवल गोरखा दक्षिणबाहु र प्रख्यात त्रिसटी पटबाट शुसोभित उहाँले सरकारको विभिन्न शैक्षिक समतिहरुमा रहेर महत्वुपुणर््ा योगदान दिनु भएको थियो । उहाँको आइतबार नै पशुपतिको आर्यघाटमा दाहसंस्कार गरिएको छ । उहाँलाई अन्तिम श्रद्धान्जली दिन पुर्व विद्यार्थी , शिक्षक र शिक्षप्रेमीहरुको बाक्लो उपस्थिती रहेको थियो । उहाँका दुई छोरा र एक छोरी हुनुहुन्छ ।