सरिता चलाउने, सल्यान
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानमा सल्यानका सरोकारवालाले प्रतिबद्धता सहितको हस्ताक्षर संकलन गरेका छन । अभियानमा विभिन्न संघ सस्थाका प्रमुख तथा प्रतिनिधि र अन्य सरोकारवाला संघ÷संस्थाका प्रतिनिधीले ऐक्यवद्धता जनाएका हुन् ।
‘लैङ्गिक हिंसा र दुरव्यबहार छैन हामीलाई स्वीकार्य’, ‘महिला पुरुष बराबर’, ‘सम्मान ईज्जतको भागिदार’ जस्ता नाराका साथ ‘म हिंसा गर्दिन’, ‘हिंसा सहन्न’, ‘म हिंसा भएको देखेभने प्रतिबाद गर्छु’ भन्दै प्रतिबद्धता जनाएका हुन् । कार्यक्रम जिल्ला समन्वय समिति सल्यानको आयोजना तथा शारदा नगरपालीका र बिभिन्न संघ सस्थाको सहकार्यमा आयोजना भएको हो । सदरमुकाम खलंगाको बसपार्कमा ¥याली, सडक नाटक र पन्चेबाजा सहित सचेतना कार्यक्रम आयोजना गरियो ।
कार्यक्रममा बोल्दै कर्णाली प्रदेशका सदस्य कौसिला खत्रीले समाजमा अहिले सम्म धार्मिक सोचले गर्दा नै हिंसा भएको बताउनु भएको छ । समाजमा महिला मात्र हिंसा पिडीत नभएर जेष्ठ नागरीक र बालबालीका पनि पिडीत भएको भन्दै उहाँले कानुनमा भएका कुरालाई पालन गर्दै सोच बिचारलाई परिबर्तन गर्नुपर्ने बताउनु भयो ।
जिल्ला न्याधिस मदन बहादुर धामीले लैङ्गिक हिंसा सम्बन्धी कानुन बनेपछि सबैले आकांक्षा गरेको तर लक्ष्य प्राप्त गर्न नसकेको बताउनु भयो । सबै मानिस स्वतन्त्र भएकाले जुनसुकै मानिस बर्गिकृत भएपनि सबैले सम्मान ब्यवहार गर्न जरुरी रहेको उहाँको भनाई थियो ।
हिंसा कानुन भन्दा बाहिरको कुरा भएकाले यस्ता गतिविधी हुन नदिन सबै सचेत हुनु पर्ने प्रमुख जिल्ला अधिकारी कमलराज ढकालले बताउनु भयो । उहाँले लैङ्गिक हिंसा १६ दिने अभियान मात्र नभएर ३ सय ६५ दिन रात नै अभियानको खाँचो औल्याउनुभयो ।











प्रतिक्रिया