फेरि मौलाउन थाल्यो गाँजा खेती

0
Shares

कृष्णउदास खनाल, वीरगन्ज
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल अञ्चल प्रहरी कार्यालय वीरगन्जमा बरिष्ठ प्रहरी उपरीक्षक रहँदा बन्द भएको गाँजा खेती पर्सामा फेरि फस्टाउन थालेको छ । जिल्लाको ग्रामीण क्षेत्रमा बन्द भएको गाजाको खेती फेरि शुरु भएको हो ।

प्रहरी प्रशासनको सक्रियताका कारण पर्सामा २०६७ सालदेखि पूर्ण रुपमै बन्द भएको गाँजा खेती अहिले भने फेरि शुरु भएको छ । पर्साको सोनवर्षा, शंकरसरैया, पटेर्वासुगौली, सुवर्णपुर, मधुवन मथवल, निर्मलवसती, बिजयबस्ती, निचुटा, प्रसौनीविर्ता, सखुवा प्रसौनी, गादी, बागेश्वरी तित्रौना लगायतका साबिकका गाविसमा गाँजा खेती मौलाउन थालेको स्थानीय बताउँछन् ।

चितवन र पर्सा राष्ट्रिय निकुञ्जको जंगलसँग जोडिएका तत्कालिन गाविसमा गाँजा खेती गरिएको छ । यस्तै वन अतिक्रमण गरिएको जग्गा र खोलाको बगरमा पनि कारोबारी र किसानले गाँजा रोपेका छन् । विगत ७÷८ वर्षदेखि यस्तो खेती बन्द भएका कारण पर्सामा गाजाको बीउको अभाव समेत भएको चर्चा हुने गथ्र्यो । पछिल्लो समयमा यहाका किसानले मकवानपुरका पहाडी गाविसबाट बीउ ल्याएर रोपिइएको स्थानीय बासिन्दा बताउँछन् । कतिपय स्थानमा भने किसानहरुले गाजाका कारोबारीहरुको लगानीमा गाजाको खेती गरेको गाँउलेले बताएका छन् । तर पर्साका प्रहरी उपरीक्षक रेवती ढकाल गाँजा खेतीबारे आफूलाई कुनै जानकारी नभएको बताउनुहुन्छ ।

खेती हुने गरेको भनिएका क्षेत्रमा तत्काल प्रहरी परिचालन गरिने उहाँको भनाई छ । पर्सा कुनै समय गाँजा खेतीका कारण निकै आचोलित बनेको थियो, करिव एक दशक अघिसम्म व्यवसायिक रुपमा गाँजाको खेती हुने जिल्लाको रुपमा चिनिन्थ्यो । यहाँ उत्पादित गाँजा सजिलै छिमेकी देश भारत र तेश्रो मुलुक पु¥याउने गरिन्थ्यो । केही बर्षयता भने प्रहरीले विभिन्न सामाजिक संस्थाको सहयोगमा यस्तो कारोबारबिरुद्ध अभियान चलाएपछि भने गाँजा खेती घटेको थियो ।

फेला प¥यो २४ किलो गाँजाको पाउडर

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले हेटौंडा–१५, रातोमाटेस्थित चेकपोष्टमा हेटौंडाबाट बीरगञ्जतर्फ जाँदै गरेको सुमोका यात्रीबाट २४ किलो २ सय ग्राम गाँजाको धुलो बरामद गरेको छ ।

प्रहरीले ना. १ ज ६१११ नम्बर सुमो चेक गर्दा चालकको पछाडिपट्टिको सिटमुनी राखिएका ३ वटा बोराबाट सो परिमाणको लागु औषध बरामत गरेको हो । बीरगञ्ज–२ बस्ने २१ बर्षिय विश्वास क्षेत्रीलाई नियन्त्रमा लिएर प्रारम्भिक अनुसन्धानका क्रममा उक्त कार्यमा संलग्न थप दुई जना पक्राउ परेका छन् । पर्साको सुगौली पटेर्वा–५का ३६ बर्षिय बिनोद गिरी र पर्साकै कालिकामाई–५ बस्ने वर्ष २२ बर्षिय वृतकुमार गिरीलाई पर्साको संग्रामपुर चौकबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

२५ केजी चरेश सहित ४ जना पक्राउ
प्रदेश नम्बर ५ को राजधानी बुटवलवाट २५ केजी लागु औषध सहित ४ जना कारोवारीलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रदेश प्रहरी कार्यालय दाङ र ईलाका प्रहरी कार्यालय बुटवलको संयुक्तटोलीले बुटवल उपमहानगरपालिका ९ ईटाभट्टी लाईनवाट ४ जनालाई शनिवार राती २५ केजी चरेश सहित पक्राउ गरेको हो ।

जाजरकोट खलंगा गाउपालिका–९का४४ बर्षिय तिलक पुन, वारीकोट गाउँपालिका–१ का २८ वर्षिय टोपेन्द्र वोहोरा, नल्गागाउँपालिका–२ का २८ वर्षिय प्रेम विक र बुटवल उपमहानगरपालिका–११ का ४० वर्षिय दिपेन्द्र घर्ती पक्राउ परेका ईलाका प्रहरी कार्यालय बुटवल जनाएको छ । प्रहरीले पुन, वोहोरा, घर्तीको साथवाट जनही ६ किलो र विकवाट ७ केजी चरेश वरामद गरेको थियो ।