रेनोका नेपालमा २५ सय ग्राहक

0
Shares

काठमाडौं, (नेस)
रेनोको लागि नेपालको आधिकारी वितरक एड्भान्स अटो मोबाइल कम्पनी प्रालि (विसाल ग्रुपअन्तर्गतको कम्पनी) ले २५ सय औं ग्राहक मनाएको छ ।

रेनो इण्डियाका उपाध्यक्ष थोमस डबरुएलले कारको साँचो ग्राहकलाई हस्तान्तरण गर्नुभयो । रेनोको कारको मोडल रेनो डस्टर, रेनो क्याप्चर र रेनो क्विड रहेका छन् ।

यस अवसरमा डबरुएलले नेपाली ग्राहकलाई सस्तो मँल्यमा उत्तम प्राविधिक उत्पादन र इन्नोभेटिभ डिजाइन उपलब्ध गराएको बताउनुभयो ।बहुराष्ट्रिय फ्रेन्च अटोमोबाइल कम्पनी रेनोले सन् २०१६ नेपालमा आएको थियो ।