गुराँस लघुवित्तले आईपीओ निष्काशन गर्दै

0
Shares

काठमाडौं, (नेस)
गुराँस लघुवित्त वित्तीय संस्थाले प्रतिशेयर सय रुपियाँ अंकित दरको २ लाख ५० हजार कित्ता साधारण शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । शेयर निष्काशनका लागि कम्पनीले एनआईबीएल एस क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

सो शेयर निष्काशन सम्बन्धी सम्झौता—पत्रमा गुराँस लघुवित्त वित्तीय संस्थाका तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत नगेन्द्र मिश्र र एनआईबीएल एस क्यापिटलको तर्फबाट महाप्रबन्धक मेख बहादुर थापाले हस्ताक्षर गर्नुभयो ।

गुराँस लघुवित्त वित्तीय संस्थाको अधिकृत पुँजी १० करोड, जारी पुँजी ७ करोड ७५ लाख र चुक्ता पुँजी ५ करोड २५ लाख रुपियाँ रहेको छ । आईपीओ बिक्रीपश्चात संस्थाको चुक्ता पुँजी ७ करोड ७५ लाख रुपियाँ हुनेछ ।

गुराँस लघुवित्त वित्तीय संस्थाले २०७३ कार्तिक २२ गते नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतपत्र प्राप्त गरी मंसिर १३ गतेदेखि वित्तीय कारोबारको शुुरु गरेको थियो । धनकुटामा केन्द्रीय कार्यालय रहेको यस वित्तीय संस्थाले धनकुटा, तेह्रथुम, संखुवासभा, भोजपुर, ओखलढुंगा, ताप्लेजुङ, पाँचथर, इलाम, मोरङ र सुनसरी गरी १० जिल्लाभित्र २२ वटा शाखा कार्यालयमार्फत् करिब ११ हजार विपन्न वर्गका महिला तथा पुरुषलाई समँहमा आबद्घ गरी करिब ७ करोड बचत संकलन तथा करिब ४९ करोड कर्जा प्रवाह गरेको छ ।