नबिल भिसा कार्डमा नगद फिर्ता योजना

0
Shares

काठमाडौं, (नेस)
नबिल बैंकले आफ्ना भिसा कार्ड वाहक ग्राहकलाई लक्षित गरेर ‘नबिल भिसाकार्ड क्यास ब्याक’ नामक नबिल भिसा कार्ड प्रवद्र्धनात्मक नगद फिर्ता योजना शुरु गरेको छ । यस योजनामा नबिल भिसा कार्ड वाहक ग्राहकले १० प्रतिशत नगदै फिर्ता पाउनेछन्।

यस योजनाअन्तर्गत कुनै पनि नबिल बैंक भिसा कार्ड बाहक (डेबिट÷क्रेडिट÷प्रिपेड) ग्राहकले नेपालभित्रका पीओएसबाट प्रत्येकपटक सफल कारोबारको १० प्रतिशत अथवा अधिकम् ५ सय नगदै फिर्ता पाउनेछन् । यो योजना मंसिर १४ गतेदेखि पुस १६ गतेसम्म सञ्चालन हुने बैंकले जनाएको छ ।

‘यस योजनाले हाम्रा भिसा कार्ड बाहक ग्राहकलाई कार्डमार्फत भुक्तानी गर्ने अभ्यासलाई प्रोत्साहन गर्ने तथा नगद रहित कारोबारलाई बढावा दिनुका साथै उहाँहलाई पीओएस तथा ई–कमर्सको लागि कार्डको प्रयोग बढीभन्दा बढी गर्न र विद्युतीय कारोबारलाई सजिलोसँग प्रयोग गर्नको लागि प्रोत्साहन गर्नेछ ।

साथै यस योजनाले सरकार तथा नेपाल राष्ट्र बैंकको नीति बमोजिम विद्युतीय कारोबारका लागि प्रेरित गरी हाल भुक्तानीका लागि नगद प्रयोग गरिरहेका ग्राहकलाई कार्ड मार्फत नियमित कारोबार गर्न प्रेरित गरी डिजिटल बैंकिङ विकास गर्नको लागि सहयोग पुग्नेमा विश्वास लिएको छु ।’ नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले भन्नुभयो ।