पर्यटन बोर्डका सीईओलाई च्याम्पियन इन च्यालेन्ज अवार्ड

0
Shares

काठमाडौं, (नेस)
प्यासिफिक एसियन ट्राभल एसोसिएसन् (पाटा) नेपाल च्याप्टरले नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा पाटा नेपाल च्याप्टरका प्रथम उपाध्यक्ष दीपकराज जोशीलाई सम्मान गरेको छ ।

बेलायतमा आयोजित ‘इन्टरनेशनल ट्राभल क्राइसिस म्यानेजमेन्ट समिट’ मा जोशीले इन्टरनेशनल इन्स्टिच्युट फर पिस थ्रु ट्राभल एन्ड टुरिजम संस्थाबाट ‘च्याम्पियन इन च्यालेन्ज अवार्ड २०१८’ प्राप्त गर्नु भएको थियो ।
उक्त अवार्ड नेपाली पर्यटन क्षेत्रकै लागि सम्मान तथा गौरवको विषय भएको भन्दै पाटा नेपालले जोशीलाई सम्मान गरेको हो ।

जोशी यो अवार्ड पाउने पहिलो नेपाली हुन् ।
कार्यक्रममा पाटा नेपाल च्यापटरका अध्यक्ष सुनिल शाक्यले बोर्डको भँमिका पर्यटन पवद्र्धन तथा विकासका लागि अतुलनीय रहेको बताउनुका साथै सबैले समयको माग अनुरुप प्राथमिक एजेन्डाहरुमा एकताबद्ध भइ काम गरेमा मात्र दिगो पर्यटन विकास र लक्षित उपलब्धि हासिल गर्न सकिने बताउनुभयो ।

पाटाका पँर्व अध्यक्ष तथा पर्यटन बोर्डका संस्थापक अध्यक्ष बसन्तराज मिश्रले बोर्ड निजी क्षेत्रका लागि निजी क्षेत्रले सरकारको सहकार्यमा स्थापना गरेको संस्था भएको औंल्याउँदै बोर्ड सफल वा असफल हुनुमा निजी क्षेत्रलाई जिम्मेबारी हुनेमा जोड दिनुभयो ।