करको दायरा बढाइने

0
Shares

काठमाडौं,नेस
अर्थ मन्त्री युवजराज खतिवडाले चालु आर्थिक वर्षमा केन्द्रले ७ खर्ब ३२ अर्ब र स्थानीय तहले ४० अर्ब रुपियाँ कर उठाउने लक्ष्य राखेको बताउनु भयो । नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २१ औं स्थापना दिवसमा वोल्दै अर्थ मन्त्री खतिवडाले करको भारमा वृद्धि नगरेर करको दायर बढाएर सो लक्ष्य पुरा गर्ने बताउनु भएको हो ।

चुलिदै गएको व्यापार घाटा बढेकोमा चिन्ता व्यत्त गर्दै मन्त्री खतिचवडाले विमान खरिद र जलविद्युत उपकरण खरिदमा ठुलो रकम बाहिर गएपछि व्यापार घाटा चुलिएको बताउनु भएको छ । नेपालको पँर्वाधार विकासमा ल्याएको सामानलाई सकरात्कम रुपमा समेत हेर्न मन्त्री खतिवडाले आग्रह गर्नु भयो । निर्यात घटदै जाने र आयात बढ्दा सरकारको चालु खाता र शोधानान्तर घाटामा रहेको उहाँले बताउनु भयो । मेसनरि सामान आयत बढेकोले व्यापार घाटा बढेको उहाँको भनाई थियो ।

मन्त्री खतिवडाले सरकारले लिएको ८ प्रतिशत आर्थिक वृद्धि हासिल गर्न सार्वजनिक र निजी क्षेत्रबाट गरी १४ खर्ब रुपियाँ लगानी आवश्यक रहेकोसमेत बताउनु भएको छ ।

सो अवसरमा नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले व्यापार घाटा न्यँनीकरणको लागि सरकारको ध्यानकर्षण गराउनु भएको थियो भने सहज लगानी मैत्री वातापरण विकासको लागि सरकारलाई आग्रह गर्नु भएको थियो ।

सेजनले लिदै आएको सेजन अवार्डबाट २ आर्थिक पत्रकार सम्मानित हुनु भएको छ । नागरिक दैनिकका संवाददाता रुद्र खड्का र क्यापिटल नेपालका सुवास योञ्जनले यस वर्षको सेजन अवार्ड प्राप्त गर्नु भएको हो । पुरस्कार उत्कृष्ट समाचारको आधारमा खड्का र योञ्जनले पाउनु भएको हो । पुरस्कारको राशी जनही ५० हजार रुपियाँ रहेको छ ।