जिल्लामै शल्यक्रिया भएपछि सबै दङ्ग

0
Shares

रामेछाप, (नेस)
रामेछापमा संञ्चालन भएको दुई दिने आँखा शिविरमा सहभागी भएका ५० वर्ष नाघेका नागरिकमा खुशी छ ।

तिलगंगा आँखा प्रतिष्ठान काठमाण्डौको प्राविधिक सहयोगमा रामेछाप सामुदायिक आँखा केन्दले आयोजना गरेको दुई दिने शिविरबाट ३ सय ५० भन्दा बढी विरामीले सेवा लिएका छन् । बिहिबार देखि सुरु भएको शिविरमा १ सय ५३ जनाको मोतिबिन्दु शल्यक्रिया, ७ जनाको समान्य शल्यक्रिया र २ सय भन्दा बढीको जाँच तथा औषधी उपचर भएको रामेछाप सामुदायिक आँखा केन्द्र मन्थलीका इन्चार्ज बासु अधिकारीले जानकारी दिनुभयो ।

उपचारपछि चार वर्ष देखि दुबै आँखा नदेखेका रामेछापको मन्थली नगरपालिका–१२ का ८० बर्षका खड्ग बहादुर भण्डारीले फेरी पहिलाकै संसार देख्न पाएकोमा खुसी ब्यक्त गर्दै आफ्नो साहारा आँखा केन्द्र भएको बताउनुभयो । उहाँले भन्ननुभो, ‘आँखा नदेख्दा संसार हराएको जस्तो लाग्थ्यो तर, होइनरहेछ ।’

उमाकुण्ड–७ भुजीका ७१ वर्षिय सुर्जे राईले एक वर्ष अघि तिलगंगामा एउटा आँखाको शल्यक्रिया गर्दा ५० देखि ६० हजार खर्च भएको तर, जिल्लामै शिविरमा दुई हजारमा उपचार गर्न पाउँदा सित्तैमा उपचार भएको बताउनुभयो ।

शिविरमा सामुदायिक विकास समाज, मन्थली बचत तथा ऋण सहकारी संस्था मन्थली, तामाकोशी सहकारीले अस्पताल मन्थली र तामाकोशी सेवा समिति मन्थलीले सहयोग गरेका थिए ।

शिविरमा स्वास्थ्य विमा गरेका विरामीहरुले निशुल्क र विमा नगरेका विरामीहरुले दुई हजार रुपैयाँ शुल्क तिरेर शल्यक्रिया गराएका थिए भने सामुदायिक विकास समाजले ४२ जनालाई सबै खर्च उपलब्ध गराएको थियो ।
समाजसेवी तथा वरिष्ठ साहित्यकार स्व. जगदीश घिमिरेले सन् २००१ मा स्थापना गरेको आँखा केन्द्रबाट अहिल ७ हजार भन्दा बढी आँखाका रोगीले उपचार पाइसकेका छन् ।