काठमाडौंका सवारीमा चार दिन लगातार जोर विजोर प्रणाली


काठमाडौँ ।
मंसिर १३ देखी १६ गतेसम्म काठमाडौँ उपत्यकाका सवारीमा जोर विजोर प्रणाली लागु हुने भएको छ । उक्त जोर विजोर प्रणाली ‘एसिया प्यासिफिक समिट’ मा आउन लागेका विभिन्न राष्ट्रका अतिविशिष्ट र विशिष्ट व्यक्तिहरुको सवारी आवागमनलाई व्यवस्थित बनाउन गृह मन्त्रालयले लागु गर्न निर्देशन दिएको हो ।

जसमध्ये १३ र १५ गते विजोर प्रणाली तथा १४ र १६ गते जोर प्रणाली लागु हुने भएको छ ।

सवारी साधनको अन्तिम अंकको आधारमा जोर विजोर प्रणाली लागु हुनेछ । तर अत्यावश्यक सेवा र शैक्षिक संस्थाका सवारीमा भने जोर विजोर प्रणाली लागु नहुने गृह मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।