ताप्लेजुङको फक्त्ताङलुङमा जनता बैंकको शाखा


काठमाडौं, (नेस)
जनता बैंक नेपालले ताप्लेजुङको फक्त्ताङलुङमा शाखा स्थापना गरेको छ । बैंकले आफ्नो १२७ औं शाखाका रुपमा फक्त्ताङलुङ गाउँपालिका वडा नं. ५ तापेथोकमा नयाँ शाखा स्थापना गरेको हो ।

तिब्बतसँग सिमाना जोडिएको ओलाङचुङगोलासहित साविक सात गाविस मिलाएर बनाइएको सो गाउँपालिका भौगोलिक हिसाबमा ताप्लेजुङकै सबैभन्दा ठँलो र बिकट गाउँपालिका हो । यस क्षेत्रका व्यापारी, उद्यमी र सर्वसाधारण तथा सरकारी निकायसमेत यस शाखामार्फत देशको बाँकी क्षेत्रमा वित्तीय सञ्जालमा जोडिन सफल हुने बैंकले जनाएको छ्।

यससंँगै बैंकको देशभरीम ाशाखा संजाल १२७, एटीएम ७२, एक्स्टेनसन काउन्टर २ र ४५ शाखारहित बैंकिङ सेवाबाट करिब ६ लाख ग्राहकलाई बैंकिङ सेवा प्रवाह भइरहेको बैंकले जनाएको छ ।