प्रेस युनियन कालिकोटको अध्यक्षमा योगी

0
Shares

कालिकोट, (नेस)
नेपाल प्रेस युनियन कालिकोट जिल्ला अध्यक्षमा पत्रकार नमराज योगी निर्वाचित भएका छन् ।

नेपाली कांग्रेस निकट भात्री संगठन प्रेस युनियनको समोबार सम्पन्न चौथो जिल्ला अधिवेशनवाट रेडियो नेपाली आवाज कालिकोटका स्टेसन म्यानेजर तथा कारोबार दैनिकमा कार्यरत पत्रकार योगि सर्व सहमतिकासाथ निर्वाचित भएका हुन ।

मंसिर ८ गते कांग्रेसका पार्टीका केन्द्रीय सदस्य हृदराम थानीले उदघाटन गरेको अधिवेशनवाट अध्यक्ष योगी,उपाध्यक्षमा बन्दना शाही,सचिवमा प्रेमप्रकाश शाही लगाएत रहेका छन् ।

अधिवेशनले १३ सदस्यीय जिल्ला समित,निवर्तमान अध्यक्ष नगेन्द्र विष्ट,हस्तवहादुर बम,कलम शाही लगाएत १४ जना केन्द्रीय पतिनिधि र २१ जना प्रदेश प्रतिनिधि छनोट भएको निर्वाचन कमिटिका छाया सुनारले जानकारी गराएकी छन् ।

नब निर्वाचित अध्यक्ष योगीले आफ्नो कार्यकालमा आफ्नो पार्टी तथा अन्य भाइचारा संगठनहरुसँग सहकार्य गरेर अगाडी वढ्ने प्रतिवद्धता जनाएका छन् ।