माङ्सेबुङ्गमा वृद्धाश्रम निर्माण

0
Shares

गणेश घिमिरे, इलाम
आगामी दुईमहिना भित्रमा निर्माण सम्पन्न गर्ने गरी पश्चिमी इलामको माङ्सेबुङ्ग गाउँपालिका वडा नम्बर २ इभाङ्गमा बृद्धाश्रम निर्माण हुने भएको छ । निर्माण हुने बृद्धाश्रमको शुक्रबार पूर्व गृहमन्त्री तथा कांग्रेस नेता कृष्ण सिटौला, प्रदेश नम्बर १ का सदस्यहरु धिरेन्द्र शर्मा, राम राना र माङसेवुङ गाउ“पालिकाका अध्यक्ष डिकेन्द्र इदिङ्गोले संयुक्त रुपमा शिलान्यस गरे ।

धार्मिक पबित्र स्थल गजुरमुखिधाम परिसरबाट करीब तीनसय मिटर दक्षिणमा बृद्धाश्रम निर्माण हुने भएको हो । पाँच रोपनि क्षेत्रमा निर्माण हुने वृद्धाश्रम निर्माणका लागि स्थानीय नेत्र न्यौपानेले तीन रोपनी जग्गादान दिएका छन । बाँकि दुईरोपनी जग्गा गजुरमुखी सामाजिक विकास मंचले खरिद गरेको छ । सो बृद्धाश्रम गजुरमुखी सामाजिक विकास मंचले नै निर्माण गर्न लागेको हो । शिलन्यास कार्यक्रममा जग्गादाता न्यौपाने परिवारलाई मञ्चले सम्मान समेत गर्यो । बीसकोठे सुविधा सम्पन्न भवनमा १५ कोठामा २÷२ जनाका दरले वृद्धवृद्धा रहने र अन्य कोठामा भान्छाघर, प्रशासन, बैठक कक्ष राखिने मञ्चले जनाएको छ ।

बृद्धाश्रम परिसरमा कृषि उत्पादन र बगैंचा पनि निर्माण गरिने भएकाले थप जग्गाकालागि पनि संस्थाले आग्रह गरेको छ । मंचले लामो समयदेखि बृद्धाश्रम निर्माण गर्न पहल गरेपनि स्रोतको अभावमा सकेको थिएन । राजनीति र जातिय द्वेश मेटाउने गरी सवैलाई यो अभियानमा सरिक हुन आग्रह गरेको मञ्चका अध्यक्ष दिपक गौतमले बताए । यस क्षेत्रमा जन्मिएर अन्यत्र पेशा व्यवसाय गर्नेदेखि सवै समाजसेवीलाई सहयोगका लागि आग्रह गरिएको छ ।

अहिले विभिन्न दाताले रकम दिन थालेपछि मंचले भब्य समारोहबीच शिलान्यास गरेको हो । बृद्धाश्रमलाई दिर्घकालिन रुपमा संचालन गर्न १ करोडको कोष स्थापनाको पनि काम थालिएको छ । प्रतिव्यक्ति दैनिक १ रुपैया“का दरले ५ सय ५५ जनाले ५ वर्ष रकम संकलन गरे १ करोड भन्दा बढी रकम हुने र त्यसैको व्याजले आश्रम सञ्चालन गर्ने संस्थाको योजना छ ।

बृद्धाश्रम निर्माणपछि यस क्षेत्रमा धार्मिक आस्था बृद्धि र पर्यटन विकासका लागि थप काम गर्ने मञ्चको योजना छ । ४ वर्षअघि स्थापना भएको यो संस्थाले छोटो समयमा नै बृद्धाश्रम निर्माण र सञ्चालनको आ“ट बटुलेको हो । सो स्थानमा बृद्धाश्रम निर्माण पछि जिल्लामा दुईवटा बृद्धाश्रम हुनेछ । यसभन्दा अघि बिगत ६÷७ बर्षअघिबाट इलामनगरपालिका १० गोदकमा माइभगवती बृद्धाश्रम सञ्चालनमा छ । जुन महिला जागरण संघ इलामले सञ्चालन गर्दै आएको छ ।