२८ बैंकद्वारा २५ खर्ब निक्षेप संकलन गरी २२ खर्ब रुपियाँ कर्जा लगानी

0
Shares

राजु श्रेष्ठ, काठमाडौं
चालँ आर्थिक वर्षमा वाणिज्य बैंकहरूले २५ खर्ब निक्षेप संकलन गरी २२ खर्ब रुपियाँ कर्जा लगानी गरेका छन् । वाणिज्य बैंकहरुले चालँ आर्थिक वर्षको पहिलो तीन महिनामा २५ खर्ब ३१ अर्ब २८ करोड ४३ लाख रुपियाँ निक्षेप संकलन गरी २२ खर्ब ६५ अर्ब ९५ करोड १४ लाख रुपियाँ लगानी गरेका हुन् ।

तीन महिनाको वित्तीय विवरणअनुसार २८ वटा वाणिज्य बैंकमध्ये १ खर्बभन्दा बढी निक्षेप संकलन गर्ने १० वटा बैंक रहेका छन् । जसमध्ये १ खर्ब ६४ अर्ब १६ करोड ८० लाख रुपियाँ निक्षेप संकलन गर्दै राष्ट्रिय वाणिज्य बैक सबैभन्दा अगाडि रहेको छ ।

त्यस्तै एनआईसी एसिया बैंकले १ खर्ब ६३ अर्ब ३० करोड रुपियाँ, नबिल बैंकले १ खर्ब ४३ अर्ब ३० करोड रुपियाँ,नेपाल इन्भेष्टमेन्ट बैंकले १ खर्ब ४१ अर्ब २१ करोड रुपियाँ निक्षेप संकलन गरी दोस्रो, तेस्रो र चौथो स्थानमा रहेका छन् ।
एभरेष्ट बैंकले १ खर्ब २० अर्ब ३३ करोड, ग्लोबल आइएमई बैंकले १ खर्ब ११ अर्ब ४६ करोड, प्रभु बैैकले १ खर्ब ३ अर्ब, हिमालयन बैंकले १ खर्ब २ अर्ब ४५ करोड, कृषि विकास बैंकले १ खर्ब २ अर्ब ६२ करोड र सिद्धार्थ बैंकको १ खर्ब २५ करोड रुपियाँ निक्षेप संकलन गरेका छन् ।

अन्य बैंकको तुलनामा निक्षेप संकलन र कर्जा लगानीका आधारमा सिभिल बैंक कमजोर देखिएको छ । सो बैंकले जम्मा ३९ अर्ब ४३ करोड ६९ लाख रुपियाँ निक्षेप संकलन गरेको छ ।

कर्जा लगानीतर्फ १ खर्ब ३९ अर्ब २६ करोड रुपियँँ लगानी गर्दै एनआईसी एसिया बैंक अगाडि रहेको भने नबिल बैंकले १ खर्ब २८ अर्ब ७ करोड, नेपाल इन्भेष्टमेन्ट बैंकले १ खर्ब २४ अर्ब ६० करोड र राष्ट्रिय वाणिज्यले १ खर्ब २३ अर्ब ९० करोड रुपियाँ कर्जा लगानी गरेका छन् ।

यसैगरी वाणिज्य बैंहरूकले चालँ आर्थिक वर्षको पहिलो त्रैमासमा कुल १५ अर्ब ४८ करोड ३६ लाख रुपियाँ खुद नाफा कमाएका छन् । अघिल्लो आवमा उनीहरुले जम्मा १० अर्ब ६४ करोड २८ लाख रुपियाँ नाफा कमाएका थिए ।
तीन महिनाको अवधिमा एक अर्ब रुपियाँभन्दा माथि कमाउने बैंकमा राष्ट्रिय वाणिज्य बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक र नबिल बैंक रहेका छन् । यी बैंकको खुद नाफा क्रमशः १ अर्ब ११ करोड ९० लाख, १ अर्ब ५ करोड ४६ लाख र १ अर्ब ५ करोड २४ लाख रुपियाँ रहेको छ ।

अघिल्लो वर्षको तुलनामा सबैभन्दा बढी मेगा बैंकले नाफा बढाउन सफल भएको छ । उक्त बैंकले ३९४ दशमलव ४९ प्रतिशतले नाफा वृद्धि गरेको छ । सय प्रतिशतभन्दा बढी नाफा कमाउने मेगा बैंक, कुमारी बैंक, एनआईसी एसिया बैैंक र सेञ्चुरी बैंकका रहेका छन् । कुमारी बैंकको १९३ दशमलव २५ प्रतिशत, एनआईसी एसिया बैंकको १७० दशमलव शँन्य ९ प्रतिशत र सेञ्चुरी बैंकले १०४ दशमलव ७८ प्रतिशत नाफा वृद्धि गरेका छन् । अघिल्लो वर्षको तुलनामा नाफा घट्ने नेपाल बैंकको रहेको छ । यस बैंकको ५ दशमलव ९१ प्रतिशतले नाफा घटेको छ ।

त्यस्तै प्रतिशेयर आम्दानीको आधारमा सबैभन्दा अगाडि नबिल बंैक रहेको छ । नबिल बैंकको प्रतिशेयर आम्दानी ५१ दशमलव ३६ रुपियाँ रहेको छ । प्रतिशशेयर आम्दानीका आधारमा सबैभन्दा कम सिभिल बैंक रहेको छ यस बैंकको ५ दशमलव ९५ रुपियाँ रहेको छ । गत वर्षको सोही अवधिको तुलनामा २ वटा कम्पनीको मँल्य बढेको छ । एनआईसी एसिया बैंकको १९ प्रतिशतले बढेको छ भने ग्लोबल आइएमई बंैकले स्थिर रहेको छ । अन्य बैंकहरुको बजार मँल्य भने घटेको छ ।

उता सबैभन्दा बढी चुक्ता पुँजी कृषि विकास बैंकको १३ अर्ब ९३ करोड ७९ लाख रुपियाँ रहेको छ । दोस्रो स्थानमा नेपाल इन्भेष्टमेन्ट बैंकको १० अर्ब ६४ करोड ५५ लाख रुपियाँ र तेस्रो स्थानमा मेगा बैक नेपालको १० अर्ब २८ करोड रहेको छ ।

नेपाल राष्ट्र बैंकको नीतिअनुसार ८ अर्ब रुपियाँ चुक्ता पुँजी तीन वटा बैंकलले पु¥याउन सकेका छैनन्। जसमध्ये कुमारी बैंकको चुक्ता पुँजी ७ अर्ब १७ करोड रुपियाँ, बैक अफ काठमाडौं ७ अर्ब ७ करोड रुपियाँ रहेको छ ।
चुक्ता पुँजीको आधारमा एनसीसी बैंक सबैभन्दा कमजोर रहेको छ । यस बैंकको जम्मा ४ अर्ब ६८ करोड रुपियाँ चुक्ता पुँजी रहेको छ । केही समय अघि बिक्री गरेको हकप्रद शेयरपछि पनि बैंकको चुक्ता पुँजी ७ अर्ब १ करोड ८५ लाख रुपियाँमात्रै पुग्नेछ ।