पेट्रोलियम पाइपलाइन क्षेत्रमा पर्ने रुखको लगत राख्ने तयारी

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
नेपाल–भारत पेट्रोलियम पाइपलाइन परियोजनाका लागि रक्सौल–अम्लेखगन्ज खण्डमा पर्ने ९ किलोमिटर क्षेत्रका रुखको मंगलबारदेखि लगत संकलन गरिने भएको छ ।

३६ दशमलव २८ किलोमिटरमध्ये २१ किलोमिटर पाइपलाइन बिच्छ्याउने काम पँरा भएको छ । यससँगै ९ किलोमिटर जंगल क्षेत्र रहेको छ । मंसिरभित्रै ६ किलोमिटर पाइपलाइन बिच्छ्याउने काम पँरा हुने र ९ किलोमिटर जंगल क्षेत्रमात्रै बँँकी रहने नेपाल आयाल निगमले जनाएको छ ।

पथलैया–अमलेखगञ्ज खण्डको वन क्षेत्रको ६ किलोमिटर पनि बँँकी रहेको छ, वन तथा वातावरण मन्त्रालयबाट जिल्ला वन कार्यालय पर्सालाई पत्रचार भएको हुँदा मंगलबारदेखि रुखको लगत संकलन कार्य शुरू हुने परियोजनाका व्यवस्थापक प्रदीप यादवले बताउनुभयो । पाइपलाइन विस्तारका निम्ति ५ हजार ८ सस ८५ रुख कटान गर्नुुपर्ने अनुमान गरिएको छ ।

परियोजनाले आगामी फेबु्रअरीसम्म निर्माण पँरा गरी मार्चबाट इन्धन आयात गर्ने लक्ष्य राखेको छ १ सय १८ मिटरसम्म होरिजेन्टल डाइरेक्सनल ड्रिलिङ गरिसकेको तथा बाँकी १७ स्थानमा ड्रिलिङ गर्ने तयारी रहेको परियोजनाका इन्जिनियर शरद पौडेलले बताउनुभयो ।

नेपाल आयल निगमले छ महिना अगाडिबाट पाइप बिच्छ्याउन शुरू गरेको थियो। निगमले बाराको जीतपुरबाट पाइप बिच्छ्याउने काम थालेको थियो। बिच्छ्याएको पाइपलाइनबाट पहिलो चरणमा डिजेल आयात गरिने निगमले जनाएको छ। निगमले बाराको जितपुरबाट पाइप बिच्छ्याउने काम थालेको थियो ।

निगमले पेट्रोलियम पदार्थमध्येमा डिजेलको माग उच्च रहेकाले पहिलो चरणमा पाइपलाइनबाट डिजेल आयात गर्न लागिएको जनाएको छ।
मोतिहारी–अमलेखगञ्ज हुँदै पाइपलाइन विस्तार हुनेछ। मोतीहारी–रक्सौल पेट्रोलियम पाइपलाइन ३२ दशमलव ७८ किलोमिटर रहेको छ भने रक्सौल–अम्लेखगन्ज ३६ दशमलव २८ किलोमिटर रहेको छ।

१६ हजार किलोलिटर इन्धन मौज्दातको लागि ४ टंयाङ्की पनि स्तरोन्नती गरिँदै छ । ३९ सय किलोलिटरका २ र ४१ सय किलोलिटरका २ ट्याङकीलाई स्तरोन्नती गरिँदै छ । डिसेम्बरसम्म २ ठँला ट्याकीको स्तरोन्नती सम्पन्न हुनेछ ।

कुल २ अर्ब ७५ करोड भारतीय रुपियाँमा परियोजना निर्माण हुन लागेको हो। त्यसमध्ये भारतीय आयल निगम (आईओसी) को २ अर्ब र नेपाल आयल निगम (एनओसी) को ७५ करोड भारतीय रुपियाँ खर्च हुनेछ। बरेली नाकाबाट आयात हुँदै आएको पेट्रोलियम पदार्थ भने अब मोतिहारीमा नै आईओसीले डिपो निर्माण गरी इन्धन पठाउनेछ । भारतबाट ल्याइएको करिब ११ मिटर लम्बाई तथा १० दशमलव ७५ इन्च मोटाइको स्टिल एमएस पाइपबाट प्रतिघण्टा २ सय ९४ किलोलिटर पेट्रोलियम पदार्थ आयात हुनेछ।

नेपाल–भारत मन्त्रीस्तरीय थप छलफलपछि मोतिहारीदेखि चितवनसम्म ग्यास र पेट्रोलियम पाइपलाइन विस्तारका दुई देशबीच सहमति भएको छ ।
रक्सौलदेखि चितवनको भण्डारासम्मको ६१ किलोमिटर पाइपलाइन निर्माणको लागि प्रस्ताव गरिएको थियो ।

नेपाल आयल निगमका अनुसार पेट्रोलियम पाइपलाइन चितवनसम्म विस्तार गर्नको लागि विस्तृत अध्ययन गरि अध्ययन टोलीले परियोजना निर्माण गर्नको लागि सम्भव रहेको जनाएको छ । निगमले भारतको मज्जफरपुरसम्म विस्तार भएको पाइपलाइनलाई मोतिहारी हँुदै एलपीजी ग्यासलाई रक्सौल–अम्लेखगन्ज हुँदै चितवनसम्म विस्तार गर्न लागिएको हो ।

गोरखपुर–सुनौली–भैरहवासम्म ग्यासको पाइपलाइन विस्तारको लागि पनि दुई देशबीच छलफल जारी छ ।